निसानको चीनमा बनेको पहिलो पिकअप सार्वजनिक, दुई भर्सनमा उपलब्ध

काठमाडौं । निसानले चीनमा उत्पादन भएको पहिलो ग्लोबल मोडलको पिकअप फ्रन्टियर प्रो सार्वजनिक गरेको छ । कम्पनीले फ्रन्टियर प्रो इन्धन र प्लगइन हाइब्रिड भर्सन बजारमा ल्याएको हो ।

कम्पनीले फ्रन्टियर प्रोको सुरूवाती मूल्य २३ हजार ८०० डलर तोकेको छ । फ्रन्टियर प्रो पिकअप निसानको चीनमा बनेको पहिलो उत्पादन हो । जसको डिजाइन, डेभलप र प्रोडक्सन लगायत सबै काम चीनमै भएको हो ।

यो पिकअपको बिक्री ग्लोबल मार्केटमा गर्ने निसानको योजना छ । निसानले परम्परागत आइस इन्जिनमा कम्पनीको क्लासिक भिमोसन डिजाइन ल्याङ्वेज प्रयोग गरेको छ । पीएचईभीमा भने नयाँ ईभी ट्रेड डिजाइनको जस्तो नयाँ इलेक्ट्रीफाइड र टेक्नलोजिकल्ली एड्भान्स लुक दिएको छ ।

निसानको फ्रन्टियर प्रोको लम्बाइ ५५२० एमएम, चौडाइ १९६० एमएम, उचाइ १९५० एमएम छ । यसको ह्वीलबेस ३३०० एमएम रहेको छ । यो पिकअपमा १५२० एमएम लम्बाइ, १६०० एमएम चौडाइ र ४९० एमएम गहिराइको कार्गो स्पेश दिइएको छ ।

यो पिकअपको क्याबिनमा डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर, ठूलो साइजको सेन्टर कन्ट्रोल स्क्रीन, फिजिकल बटन सहितको सेन्टर कन्सोल, जेबीएलको १२ वटा स्पीकर सहितको म्युजिक सिस्टम लगायत आधुनिक फिचर छन् ।

फ्रन्टियर प्रोको आइस भेरियन्टमा २.० लिटरको पेट्रोल र २.३ लिटरको डिजेल इन्जिन छ । यसमा ८ स्पीडको अटोमेटिक ट्रास्मिसन दिएको छ ।

त्यस्तै, पीएचईभी भर्सनमा १.५ लिटरको इन्जिन र फ्रन्ट माउण्टेड इलेक्ट्रीक मोटर दिएको छ । यो पिकअपमा ३२.८५ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । जसको इलेक्ट्रीक रेन्ज १३५ किलोमिटर हुने सीएलटीसीले प्रमाणित गरेको छ ।


Back_to_top