सस्तो मूल्यले चर्चा पाएको ‘नयाँ एमजी फोर’को क्याविनमा के छ ?

काठमाडौं । चीनमा केबल ६८ हजार ८०० युवान (९ हजार ५६० अमेरिकी डलर) मूल्य तोकेर बिक्री सुरु भएको नयाँ जेनेरेशन एमजी फोरले बिक्रीमा तहल्का मच्चाइ रहेको छ ।

एसएआईसी ग्रुपको स्वामित्वमा रहेको ब्रिटिस ब्राण्डले उत्पादन गरेका कार यसअघि युरोपमा राम्रो बिक्री हुँदै आएपनि चीनमा भने खासै बिक्री पाउन सकेको थिएन । तर, एमजी फोरको नयाँ जेनेरेशन मोडलले चीनमा निकै राम्रो प्रि–अर्डर नै ३० हजार युनिट पाएको थियो ।

बाहिरबाट निकै स्मार्ट देखिएको एमजी फोरको इन्टेरियरमा के के फिचर छन् भन्ने जिज्ञासा धेरैमा हुन सक्छ । त्यसैले यसको क्याविनमा रहेका फिचरको बारेमा यहाँ चर्चा गरिएको छ ।

निकै मिनिमल डिजाइनमा तयार पारिएको ड्यासबोर्ड छ । ड्यासबोर्डमा दुई स्कृन छन् । १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टममा नै गाडीका धेरै फिचरहरु सेटिङ गर्नु पर्ने हुन्छ । अर्को डिजिटल ड्राइभर इन्फर्मेशन डिस्प्ले दिइएको छ ।

यसमा निकै कम फिजकल बटम दिइएको छ । मूल्यका हिसावले निकै सस्तो भएको कारण उपभोक्ताले पनि यसलाई ‘भ्यालु फर मनी’ मानेका छन् । ड्यासबोर्डको बीचमा सफ्ट टच मेटेरियल प्रयोग भएको छ । साथै, ढोकामा पनि नरम बस्तु प्रयोग भएपनि अन्य भागमा हार्ड प्लास्टीकको प्रयोग भएको छ ।

ह्याचव्याक कारमा ४७१ लिटरको विशाल साइजको बुट स्पेस पाउन सकिन्छ । हल्का पछाडिको सिट ठाडो मात्रै बनाउने हो भने ९८ लिटरको अतिरिक्त कार्गो स्पेस पाउन सकिन्छ । तर, यसो गर्दा लामो यात्रा आरामदायी भने हुनेछैन ।

एड्जस्टेवल सिटसँगै एड्जस्ट गर्न मिल्ने स्टेरिङ पनि उपलब्ध कारमा क्वालकम स्न्यापड्रागन ८१५५ चीपको प्रयोग गरिएको छ । यही चीपको सहायताले इन्फोटेन्टमेन्ट सिस्टमले ‘ओभर दी एयर अपडेट’ तथा स्मार्टफोन कनेक्टीभीटी सपोर्ट गर्छ ।

समग्रमा नयाँ जेनेरेशन एमजी फोरको क्याविन मोर्डनसँगै ट्रेडिस्नल लग्जरी डिजाइनबाट प्रेरित छ ।


Back_to_top