२० बर्ष पुगेको अवसरमा यामाहाले दियो YZF R1 मा नयाँ कलर

काठमाडौं । यामाहा कम्पनीले यामाहा YZF R1 बाइक उत्पादन सुरु गरेको २० बर्ष पुरा भएको छ । कम्पनीको २० औं वार्षिकोत्सवको अवसर पारेर कम्पनीले ‘सुजुका रेस’का लागि वाईजेडएफ आर-१ बाइकलाई रातो र सेतो दुई कलर अप्सनमा निर्माण गरेको छ । 

आजभन्दा ठिक २० वर्ष पहिला यामाहाले उत्पादन गरेको वाईजेडएफ आर-१ बाइक सोही कलरमा सार्वजनिक गरिएको थियो । यही जुन २७ बाट २९ जुलाईसम्म आयोजना हुने ४१ औं सुजुका रेसमा यामाहाका यी बाइकको सहभागिता रहनेछ । 

गतवर्ष आयोजित रेसमा समग्र यामाहा आर मोडलका मोटरसाइकलको प्रतिनिधित्व गर्दै ब्लू कलरको आर-१ बाइकले सहभागिता जनाएको थियो ।

आठ घन्टा लामो सुजुका रेसमा यामाहामा कम्पनीका टिम राइडर अलेक्स लुइज, माइकल भीएसएन डेयर मार्क र कात्यायुकी नाकासुका सहभागी हुनेछन् । यामाहा फ्याक्ट्री रेसिङ टिमका अलवा यार्र्ट यामाहा रेसिङ टिम र जीएमटी-९४ रेसिङ टिमसमेत सुजुका रेसमा सहभागी हुनेछन् । 

यामाहा टिमबाट रेसर ब्रोक पार्केज, म्याक्स न्यूकिर्चनर, मारर्विन फ्रिज्ड तथा टाकुया फुजिता सहभागी हुनेछन् । त्यस्तै, जीएमटी-९४ यामाहा रेस टिमबाट डेभिड चेका, माइक डी मेगीलो र निकोलो क्यानेपा सहभागी हुनेछन् । नयाँ कलरमा निर्माण भएको आर-१ बाइक निक्कै आकर्षक र सुन्दर देखिएको छ । 


Back_to_top