काठमाडौं । जापानी सवारी उत्पादक कम्पनीले ईसुजुकले हालै डी–म्याम्स पीकअपको स्पेशल इडिसन र एमयू–एक्स एसयूभीको नयाँ तस्वीर सार्वजनिक गरेको छ । उक्त स्पेशल इडिसनलाई एक्स–पावर भनिएको छ । यो मोडल चिनियाँ बजारमा भने छिट्टै सार्वजनिक हुँदैछ ।
नयाँ मोडलहरू फेसलिफ्ट मोडल हुनेछन् । नयाँ मोडलको इञ्जिन पुरानोजस्तै भए पनि यसको कस्मेटिक डिजाइनमा भने व्यापक परिवर्तन गरिएको छ । ईसुजु एमयू–एक्स पहिलोपटक डार्क–ग्रे रङ्गमा उपलब्ध हुनेछ । नयाँ गाडीको ह्वीलबेस, फग ल्याम्पजस्ता धेरै कुरामा परिमार्जन गरिएको छ ।
त्यस्तै, डी–म्याक्स पीकअप पनि डार्क–ग्रे रङ्गमा उपलब्ध हुनेछ भने, यो गाडीको इन्टेरियरको रङ्ग सुन्तला हुनेछ । बम्परमा सिल्भर प्लास्टिक रहेको छ, जसले यो पीकअपलाई पहिलेको तुलनामा निक्कै आकर्षक देखाउनेछ । भारतीय बजारमा सार्वजनिक हुने मोडलमा एलईडी फग ल्याम्प रहनेछ, जुन चीनमा सार्वजनिक हुने मोडलमा हुनेछैन ।
एमयू–एक्स र डी–म्याक्स चीनमा सार्वजनिक गरिएको जस्तो इञ्जिन मोडल पनि छैन । भारतमा सार्वजनिक हुनेमा भारतीय उपभोक्ताले जस्तो इञ्जिन क्षमतामा खोज्छन् । त्यहीअनुरुपमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ । दुवै मोडलमा ३.० लिटर डिजेल इञ्जिन हुनेछ, जसले एक सय ७५ बीएचपी दिन्छ । एमयू–एक्समा अर्को अप्सन पनि हुनेछ, जसको इञ्जिन क्षमता १.९ लिटर डिजेल जुले १६० बीएचपी दिन्छ । त्यस्तै, भारतीय बजारका लागि ल्याउने लागिएको डी–म्याक्स २.५ लिटर डिजेलल इञ्जिनमा पनि आउनेछ, जसले १३३ बीएचपी दिनेछ ।
चीनमा यी दुवै मोडलमा सिक्स स्पीड म्यानूअल र अटोमेटिक गेयर बक्स अप्सनमा आउने सिक्स स्पीड म्यानूअल र अटोमेटिक गेयर बक्स अप्सनमा आउनेछ भने भारतीय बजारमा आउनेमा पाँच स्पीड गेयर बक्समा म्यानूअल र अटोमेटिक दुवै अप्सनमा आउनेछ । यो सवारी भारतीय उपभोक्ताले मन पराउने अपेक्षा कम्पनीले गरेको छ ।