काठमाडौं । सरकारले आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेसँगै त्यसको विरुद्ध आन्दोलन घोषणा भएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ‘जाग नेपाली’ समूहले सरकारको उक्त निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
जाग नेपाली समूहका संयोजक डा. दीपेश केसीले सरकारको कदम नेपालको लिपि मेट्ने षड्यन्त्र अन्तर्गत भएकाले गर्ने बताए ।
देवनागरी लिपि मेटेर रोमन लिपि राख्न बाध्य पार्नेहरूलाई जनताले चाँडै लखेट्ने गरी कडा आन्दोलन हुने उनले चेतावनी दिए ।
उनले सरकार कमिसनको लोभमा परी देवनागरी लिपि मेटाउने षड्यन्त्रमा लागेको बताए । सरकारको उक्त कदमलाई सबै मिलेर परास्त गर्नुपर्ने उनको भनाइ छ ।

