होन्डा, यामाहा र हिरोका डर्ट बाइक किन्दा यस्तो छ मासिक किस्ता

काठमाडौं । नेपाली बजारमा एडभेञ्चर र डर्ट मोटरसाइकलको बिक्रीमा निकै वृद्धि भइरहेको छ । विशेषगरि १२५ सीसीदेखि २०० सीसीसम्मका एडभेन्चर बाइक नेपालमा धेरै बिक्री हुने गरेका छन् ।

नेपाली बजारमा सर्वाधिक बिक्री हुने होन्डाको एक्सआर १९० एल, हिरो एक्सपल्स २०० र यामाहा एक्सटीजेड १२५ मोडल पर्छन् ।

यस्तोमा यदि तपाईले होन्डा १९० एल किन्ने सोच्नु भएको छ भने यसलाई स्याकार ट्रेडिङले नेपालमा बिक्री वितरण गर्दै आएको छ । होन्डाको आधिकारीक डिलर नेटवर्कबाट खरिद गर्न सकिने एक्सआर ३०० को मूल्य ५ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले यो मोटरसाइकल किस्तामा किन्न चाहनेलाई ५० प्रतिशत फाइनान्स सुविधा दिदै आएको छ । यदि समयमा नियमित किस्ता वापतको रकम तिरेको खण्डमा कम्पनीले १० प्रतिशत व्याजदरमा नै कर्जा उपलब्ध गराउने जनाएको छ । यदि समयमा किस्ता नतिर्ने हो भने व्याजदर बढेर १५ प्रतिशतसम्म पर्नेछ ।

यो मोटरसाइकल किस्तामा किन्दा मासिक रुपमा १२ हजार ८०२ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

त्यसैगरि यामाहाको एक्सटीजेड मोरङ अटो वर्कले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । यो बाइक नै नेपालमा यामाहाको पहिलो डर्ट बाइक हो ।

ब्राजिलमा बनेको यामाहा एक्सटीजेड नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको छ । यसलाई कम्पनीले बजारमा ३ लाख ९९ हजार ९०० रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ ।

यो बाइक किन्न चाहने ग्राहकलाई कम्पनीले १६ प्रतिशत व्याजदरमा ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि उपलब्ध गराउँदै आएको छ । यसरी किस्तामा लिदा मासिक ९ हजार ७९० रुपैयाँ तिरेर यामाहा एक्सटीजेड १२५ किन्न सकिने छ ।

हिरो मोटो कर्पले गत भदौमा नेपाली बजारमा ल्याएको एक्सपल्स २०० निकै चर्चामा रहेको मोडल हो । नेपाल जनरल मार्केटिङ (एनजीएम) ले बजारमा ल्याएको यो मोटरसाइकल हिरोको पहिलो डर्ट बाइक समेत हो ।

यसलाई किस्तामा किन्न चाहने ग्राहकले विभिन्न किसिमको फाइनान्स सुविधा पाउने छन् । विशेषत हिरोका मोटरसाइकलमा मुक्तिनाथ विकास बैंक लगायतले कर्जा सुविधा उपलब्ध गराउँदै आएका छन् ।

एनजीएमले यसको मूल्य ३ लाख ८५ हजार रुपैयाँ निर्धारण गरेको छ । यदि अन्य बाइकको जस्तै ५० प्रतिशत डाउन पेमेन्ट र १५ प्रतिशत व्याज तिरेर २ वर्षमा किस्ता रकम भुक्तान गर्नेगरि किन्न सक्ने छन् । यसरी किन्दा ९ हजार ३३३ रुपैयाँ मासिक रकम तिरेर किन्न सकिने छ ।


Back_to_top