८ हजार भारु महंगो भयो पल्सर २२०, नेपालमा कस्तो असर

काठमाडौं । बजाजले आफ्नो चर्चित पल्सर २२० एफलाई नयाँ प्रदुषण मापदण्ड अनुसारको इन्जिनमा अपग्रेड गरेसँगै यसको मूल्यमा करिब ८ हजार रुपैयाँ बढेको अटोकार इन्डियाले रिपोर्ट छापेको छ । कम्पनीले भारतमा यसको मूल्य १ लाख १६ हजार २६३ रुपैयाँ तोकेर बुकिङ्ग खुल्ला गरिएको अटोको इन्डियाको दाबी रहेको छ ।

यसअघि यो मोटरसाइकललाई कम्पनीले १ लाख ८ हजार ३२६ रुपैयाँ एक्स शोरुम मूल्य रहेको थियो ।

कम्पनीले खासै ठूलो परिमार्जन नगरेको पल्सर २२० मा नयाँ फ्युलिङ मेथोड र नयाँ एग्जस्ट सिस्टम दिइएको छ । कम्पनीले यसलाई आफ्नो पुरानो काब्रुरेर्ट इन्जिन टेक्नोलोजिलाई परिमार्जनगरि नयाँ एफआई इन्जिन दिइएको छ ।

बजाजले आधिकारिक रुपमा यसको बीएस ६ मोडलको बारेमा जानकारी बाहिर नल्याएपनि यसका अधिकांश फिचर रेगुल मोडलका जस्तै देखिने छ ।

नयाँ बीएस ६ इन्जिनको पावरको विषयमा खासै जानकारी नदिएको भएपनि पुरानोको तुलनमा पावर केही घट्ने अनुमान गरिएको छ । यसअघिको मोडलले ८५०० हारपीएममा २०.९ बीएच पावर र ७००० मा १८.५ एनएम टर्क प्रदान गर्नेछ ।

नेपालले नयाँ प्रदुषण मापदण्ड नतोकेको र बजाजले नेपालमा नै मोटरसाइकल उत्पादन गर्दै आएको परिप्रेक्षमा तत्काल नेपालमा बिएस ६ मापदण्डको मोटरसाइकल नआउने हुन सक्छ ।

नयाँ मापदण्डको मोटरसाइकल तत्काल नेपाल नआउने हो भने यसले नेपालको बजारमा मूल्यमा खासै भिन्नता ल्याउने छैन ।


Back_to_top