अब इलेक्ट्रीक कार १० मिनेटमै फुलचार्ज !

अमेरिकी पेन स्टेट यूनिर्भसिटीका युवा इन्जिनियरहरुले इलेक्ट्रीक कारको चार्जिङ समय अत्यन्त न्यून गर्न सकिने व्याट्री बनाइ रहेका छन् । उनिहरुले उक्त प्रणालीको विकास गर्न आफुहरु लागि परेको बताएका छन् । त्यसको लागि लिथियम आयोन व्याट्रीमा विषेश परिमार्जन भइरहेको बताइएको छ ।  

अहिले सामान्यतया घरको बिजुलीबाट चार्ज गर्न ८ देखि १० घन्टा समय लाग्ने व्याट्री चार्जगर्न अब १० मिनेटमै सकिने सोधकर्ताहरुले दाबी गरेका छन् । १० मिनेट कार चार्जगर्दा करिब ३०० किलोमिटर आरामसँग यात्रा गर्न सकिने व्याट्री बन्ने उनिहरुले दाबी गरेका छन् ।

यसमा सहभागी इन्जिनियरहरुका अनुसार १० मिनेटमा ब्याट्री चार्जगर्दा कारमा रहेको व्याट्री ६० डिग्री (१४० फरेनहाईट) सम्म तातो हुनेछ । यसमा सवारीसाधन निर्माता कम्पनीले जति छिटो व्याट्री तातो हुन्छ सोही रफ्तारमा चार्जिङ पुराभएपछि व्याट्री चिसो बनाउने प्रविधिको विकास गर्नु पर्ने हुन्छ । 

पेन स्टेटका प्रोफेसर चाओ यांग वांग भन्छन् ‘हामीले प्रदर्शन गरेको व्याट्री र चार्जिङबाट इलेक्ट्रीक सवारीसाधन चार्जगर्दा १० मिनेट मात्र लाग्ने छ भने त्यसले व्याट्रीको चार्जिङ साइकलसमेत बढाउने छ । यी चार्जरले चार्जगर्दा २५०० चार्जिङ साइकल प्राप्त हुन्छ । यसले कमसेकम ५ लाख किलोमिटर यात्रा गर्न सकिने छ ।’

यदी खोजकर्ताको यो खोजले सफलता पाउने हो भने संसारमा इलेक्ट्रीक सवारीसाधनको विकास द्रुत गतिमा हुने छ । अहिले इलेक्ट्रीक सवारी साधनको मुख्य समस्या भनेकै लामो समय चार्जिङमा राख्नु पर्ने हो । यदी १० मिनेटमै कार फुलचार्ज हुने हो भने यसले इलेक्ट्रीक सवारीसाधन उत्पादनमा ठूलो परिवर्तन ल्याउने छ ।


Back_to_top