यी हुन्, नेपाली बजारमा पाईने सस्ता ४ अटोमेटिक कार, मूल्य र फिचरसहित

काठमाडौं । पछिल्ला दिनमा अटोमेटीक  गियर भएको कारमा आर्कषण बढ्दै गएको छ । उपत्यकाको ट्राफिक जामले मानिसहरुलाइै निकै सताइरहेको छ । यस्तोमा हैरानी कमगर्न अटोमेटीक कारहरु उत्तम विकल्प हुन सक्छन् । 

नेपाली बजारमा सस्ता र इन्ट्री लेवलका अटोमेटीक  कारहरु बिक्री भइरहेका छन् । जसमा रेनो क्वीड, मारुती सुजुकी सेलेरियो, हुन्डाई ग्राण्डआई १० र फोर्डको फिगो इन्ट्रीलेवलका रुपमा तपाईले पाउनु हुने छ । तर, क्विड र सेलेरियो अटोमेटीक गिएर सिफ्ट प्रविधि भएको कार हो, जुन पूर्ण अटोमेटीक भने होइन ।  

सेलेरियो

मारुती सुजुकीले सस्तो मूल्यमा अटोगियर अप्सनमा सेलेरियो भिएक्सआई अप्सनललाई बिक्री वितरण गरिरहेको छ । डबल एयरब्याग र एबीएससहित फिचरसहित आएको यो कार निकै चर्चामा रहेको कार हो । म्यानुयल ट्रान्समिसन (एएमटी) सहित अटोमेटीक गियर सिफ्टको अप्सनले सीटी राइडमा झनै सजिलो बनाउनेछ । 

यसको लम्बाई ३६९५ एमएम, चौडाई १६०० एमएम तथा उचाई १५६० एमएम रहेको छ । टलब्वाई डिजाइनमा उत्पादन भएको यो कारमा १४ इन्चको ह्वील तथा ग्राउण्ड क्लियरेन्स १६५ एमएम रहेको छ । साथै, ह्वीलवेश २४२५ एमएमको रहेको छ । सेलेरियोमा दिइएको ९९९ सिसि तीन सिलिन्डर पेट्रोल इन्जिनले ६८ एचपी पावरकासाथै ९० एनएम–टर्क उत्पादन गर्छ । टलब्वाई डिजाइनमा रहेको यो कारमा ड्यूल–टोन ड्यासबोर्ड दिइएको छ ।

यसको नेपाली बजारमा मूल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

रेनो क्विड

रेनो क्विड १००० सीसी इन्जनको क्षमता ६७ बिएचपीमा ९१ एनएम टर्क पावर जेनेरेट गर्छ । क्विड १.० लिटर इन्जिनको साथ अटोमेटीक गिएर सिफ्ट प्रविधि भएको रेनोको इन्ट्रीलेवल कार हो । यो पूर्णत अटोमेटीक कार भने होइन । यसमा रोटरी डायल गिएरबक्स लगाईएको छ । यो कारको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ ।  

नेपाली बजारमा २ भेरिएन्टमा उपलब्ध यो कार आरएक्सटी र आरएक्सएल मोडलमा उपलब्ध रहेको छ । आरएक्सटी मोडलको मूल्य २४ लाख ११ हजार रुपैयाँ रहेको छ भने, आरएक्सएलको मूल्य २१ लाख ९६ हजार ६१३ रुपैयाँ रहेको छ । आरएक्सएलमा दुई  एयरब्याग दिइएको छ ।  

यस कारले २३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा रेनोका कारहरू एड्भान्स अटोमोवाइलले बिक्रीगर्दै आइरहेको छ ।

ग्राण्ड आई १०

नेपाली बजारमा सर्वाधिक बिक्री भएको मोडल मध्येको एक हुन्डाई ग्रान्ड आइ १०को दुई भेरिएन्टलाई पूर्ण अटोमेटीक  गियर (एटी)मा ल्याइएको छ । म्याग्ना एटी र स्पोटेज(ओ) एटी यी दुई कम्पनीको इन्ट्री लेवलका अटोमेटीक  भेरिएन्ट हुन् । यी कारमा सुरक्षाको लागि एयरब्याग जडान भएको छ भने, कारमा एबिएस सुबिधा दिइएको छ ।

दुबै कार ११९७ सीसी इन्जिन क्षमता भएका कार हुन् । यी दुबै कारमा ४ स्पिड अटोमेटीक  गियर दिइएको छ । यसमा जडान भएको इन्जिनले ६००० आरपीएममा ८२ बीएचपी र ४००० आरपीएममा ११४ एनएम टर्क उत्पादन गर्ने क्षमता रहेको छ । स्पोटेज(ओ) को नेपाली बजारमा मूल्य ३४ लाख ५६ हजार रहेको छ भने म्याग्ना अटोमेटीकको मूल्य ३० लाख ५६ हजार रहेको छ । हुन्डाईको नेपालकोलागि आधिकारिक वितरक लक्ष्मीइन्टरकन्टिनेन्टल प्रालि रहेको छ ।

फोर्ड फिगो


फोर्ड फिगो टाइटेनियम अटोमेटीक  गियर बक्समा उपलब्ध रहेको छ । १४९९ सीसी क्षमताको इन्जिन दिइएको यो कारमा ५ स्पिड अटोमेटीक  गियर दिइएको छ । यसमा जडान भएको इन्जिनले ६३०० आरपीएममा ११० बीएचपी र ४२५० आरपीएममा १३६ एनएम टर्क दिन्छ । फिगो टाइटानियमको नेपाली बजारमा मूल्य ३४ लाख ५० हजार रहेको छ । यस कारले सहरमा १३ किलोमिटर र हाइवेमा १७ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । सुरक्षाको लागि दुई एयरब्याग जडान भएको यो कारमा एबिएस सुबिधा दिइएको छ ।


Back_to_top