बर्नस्टेन रिपोर्ट भन्छ, ‘सरकारी अनुदान नपाए ईभी ब्राण्ड चल्दैनन्’

काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादन निर्माताहरुको लागि सजिलो नरहेको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी रिसर्च एजेन्सी बर्नस्टेनले सार्वजनिक गरेको रिपोर्ट अनुसार विद्युतीय साधन उत्पादनबाट नाफा बनाउन र इलेक्ट्रीक भेहिकल पोेर्टफोलियोमा ठूलो भोलुम पाउन मुस्किल रहेको दावी गरिएको छ ।

प्रतिवेदनले विश्वव्यापी रुपमा ईभी उत्पादन गर्न सरकारी तबरबाट वित्तीय सहायत उपलब्ध भए पनि पर्याप्त मार्जिन बनाउन र ईभीको बिक्री बढाउन गाह्रो भइरहेको उल्लेख छ । अहिले धेरै परम्परागत कार निर्माताहरूले घाटाको सामना गरिरहेको रिपोर्टमा दावी गरिएको छ ।

सरकारले गरेको ठूला प्रोत्साहनका बावजुद, स्थापीत उत्पादक अझै नाफामा जान सकेका छैनन् । विद्युतीय साधनको उद्योग सरकारी सहायता बीना सान्दर्भिक छैन । अहिल्यै आईसीई भेहिकलसँग प्रतिस्पर्धा गर्न ईभी उत्पादकको फोकस, उत्पादन संख्या वृद्धि र लागत कटौती गर्न आवश्यक छ ।

प्रतिवेदनले आफ्नो सुझावमा लेखेको छ । अहिले चलिरहेका केही स्टार्टअपहरू मात्र बाँच्न सक्छन्, तिनीहरूको दीर्घकालीन बजार हिस्सा भने सिमित रहने छ । निकट भविष्यमा ईभी बजारमा मुख्य प्रतिस्पर्धा भने स्थापित ब्राण्डहरु कै बीचमा हुनेछ ।

बर्नस्टेनका अनुसार भारतका प्रमुख दुई पाङ्ग्रे सवारी उत्पादकहरू मध्ये, बजाज अटो र टीभीएस मोटर्स ईभी बजारमा बराबरीमा छन् । जबकी हिरो मोटोकर्प पछाडि छ । आइसर मोटर्सले चाँडै आफ्नो विद्युतीय सवारी साधनहरू लन्च गर्ने तयारी गरेको छ ।

बर्नस्टेनले कम मूल्याङ्कनका कारण बजाज अटोलाई ‘आउट परफर्म’ रेटिङ दिएको छ । जबकी टीभीएस, हिरो र आएसर लाई ‘मार्केट परफर्म’ रेटिङ दिइएको छ । ओला स्टार्टअपलाई राम्रो गरिरहेको ब्राण्डको रुपमा चित्रण गरिएको छ ।

अर्कोतर्फ सरकारी अनुदान बीना ७ प्रतिशत कुल नाफा आर्जन गरेको देखिएपनि समग्रमा ७.५ प्रतिशत घाटामा टीभीएसको इलेक्ट्रीक यूनिट रहेको रिपोर्टमा दावी गरिएको छ । टीभीएसले प्रति स्कुटर ११ हजार रुपैयाँ घाटा खाइरहेको छ ।

बजाजको हरेक इलेक्ट्रीक स्कुटरमा १५ हजार घाटा चलिरहेको छ । समग्रमा रिपोर्टले स्टार्टअप कम्पनीको भविष्य सरकारी अनुदान बीनमा राम्रो नहुने उल्लेख गरेको छ । जबकी बलिया परम्परागत उत्पादकहरुले नै भविष्यमा राम्रो बिक्री पाउने छन् ।


Back_to_top