ईभीमा दिइने ‘थर्मल मेनेजमेन्ट सिस्टम’ले यसरी गर्छ काम

काठमाडौं । इलेक्ट्रीक भेहिकलको विकास र प्रयोगमा भएको विस्तारसँगै यसमा प्रमुख इनर्जी स्रोतको रुपमा काम गर्ने ब्याट्रीको पफर्मेन्स कसरी सुधार गर्न सकिन्छ भनेर विभिन्न ब्याट्री उत्पादकले धेरै किसिमका खोज गर्दै आएका छन् ।

अहिलेसम्म चल्तीका उत्पादकले उत्पादन गरेका ईभीहरुले प्रयोग गरेको ब्याट्री लिथियममा आधारित रहको छ । त्यहि लिथियममा आधारित ब्याट्रीको उत्कुष्ट पफर्मेन्सका लागि निश्चित तापक्रम हुन जरुरी हुन्छ ।

इलेक्ट्रीक भेहिकलमा ब्याट्रीको तापक्रम नियन्त्रण गर्न ब्याट्री थर्मल मेनेजमेन्ट सिस्टम दिइएको हुन्छ । यसको सहायताले ब्याट्रीको पफर्मेन्सका साथै ब्याट्रीको आयुसमेत बढाउने र ब्याट्री सुरक्षामा समेत निकै उपयोगी हुन्छ ।

जब इलेक्ट्रीक गाडीमा दिइएको ब्याट्रीलाई चार्ज वा डिस्चार्ज गरिन्छ, त्यो समयमा ब्याट्री भित्र इलेक्ट्रो केमिकल्स प्रोसेस भएको हुन्छ । जसले इनर्जी स्टोर गर्ने क्रममा ब्याट्री भित्रको तापक्रम पनि बढाउँछ । त्यसको सहित ब्यवस्थापन गर्दै ब्याट्रीलाई आउन सक्ने जोखिमबाट बचाउने काम ‘ब्याट्री थर्मल मेनेजमेन्ट सिस्टम’ले गर्छ । यही सिस्टमको सहायताले तापक्रम ठिक बनाउनमा मद्दत गर्छ ।

विद्युतीय सवारी साधनमा प्रयोग भएको ब्याट्रीले उत्कुष्ट पफर्मेन्स गर्न २० देखि ४० डिग्री सेन्टीग्रेड तपाक्रम उपयुक्त मानिन्छ । यदि, ब्याट्रीको तापक्रम १० डिग्रीभन्दा कम भयो भने ब्याट्री आफैँ डिस्चार्ज हुन सक्छ । फेरी ब्याट्रीको तापक्रम ८० डिग्रीभन्दा बढी भयो भने पड्कने वा आगलागी हुन सक्ने खतरा रहन्छ । यी दुबै अवस्थाको ब्यवस्थापन गर्न ब्याट्री थर्मल मेनेजमेन्ट सिस्टम प्रयोग गरिएको हुन्छ ।

ब्याट्री थर्मल मेनेजमेन्ट सिस्टमले ईभी संचालनको क्रममा तापक्रम बढ्दा कुलीङ गर्ने र तापक्रम घट्दा आफैँ हिटिङ गर्छ । ब्याट्रीको तापक्रम आन्तरिक कारणले बढ्छ भने बहिरी वातावरणीय प्रभाव घट्ने गर्छ । ब्याट्रीलाई बाहिरी तापक्रम घटबढ्को प्रभावबाट जोगाउन इन्सुलीनको समेत जरुरी हुन्छ ।

नेपाल आएका अधिकांश ईभीमा यो टेक्नलोजी प्रयोग भएको छैन । यो सिस्टम उपलब्ध भएका मध्ये पनि केही ईभीमा कुलीङ सिस्टम मात्रै जडान भएको पाइन्छ । तातो बनाउने सिस्टम नभएका गाडीले जाडोयाममा रेन्ज एकदमै कम दिने गुनासो आउने गरेको पाइन्छ ।

नेपालमा विक्री हुँदै आएका महंगो मूल्य पर्ने डेडीकेटेड ईभी मोडलहरुमा कुलिङ र हिटिङ दुबै सिस्टम पाउन सकिन्छ । तर, ४० लाखभन्दा कम मूल्यमा विक्री हुँदै आएको नेटा भीमा समेत यो फिचर पाउन सकिन्छ । नेटा भीमा एडभान्स एचइपीटी ३.० थर्मोस्टाटीक ब्याट्री मेनेजमेन्ट सिस्टम दिइएको छ ।

नेटा भी कम मूल्यको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको क्रसओभर मोडल हो । चीनमा जाडो र गर्मी दुबै किसिमको वातावरण पाइने भएको कारण हाजोन मोटर्सले चिसो र तातो तापक्रमलाई ठिक गर्ने प्रविधि नेटा भीमा जडान गरेको हो ।

नेपालको लागि होजोन मोटर्सको आयातकर्ता सिजी मोटर्सले नेटा भीले नेपालको कुनै पनि स्थानको जाडो र गर्मी दुबै मौशममा उस्तै पफर्मेन्स दिने दावी गरेको छ ।


Back_to_top