एक्साइड ब्याट्रीको डिलर मिट सम्पन्न, १०० भन्दा धेरै डिलर सहभागी

काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरु सहभागी रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

डिलर मिटमा डिलरहरुसँगै सिप्रदी ट्रेडिङ्गका प्रतिनिधि र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बिभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका सीईओ राजनबाबु श्रेष्ठले नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन डिलरहरुले कम्पनीप्रति गरेको अगाध माया र बलियो विश्वास भएको बताए ।

नेपालमा सर्वाधिक विक्री हुने मध्येको एक एक्साइड ब्राण्डले मुख्यतः अटोमोटिभ, दुई पाङ्ग्रे, इन्भर्टर र सोलार ब्याट्री ल्याएर विक्री वितरण गर्दै आएको छ । व्यवसाय विस्तारको लागि नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम खाएको छ ।


Back_to_top