नयाँ अवतारमा होन्डा ‘सीआर-भी’

काठमाडौं । लामो समयदेखि एसयूभी सेग्मेन्टमा प्रभुत्व जमाउँदै आएको होन्डा सीआर-भी नयाँ अवतारमा सार्वजनिक भएको छ । जापानीज अटोमोवाइल कम्पनी होन्डाले आफ्नो बहुचर्चित एसयूभी सीआर-भीको छैटौं जेनेरेशन मोडल सार्वजनिक गरेको हो ।

नयाँ सीआर-भीमा पूर्णत नयाँ स्टाइलको एक्टेरियर र इन्टेरियर ग्राहकले पाउने छन् । यसमा नयाँ टेक्नलोजीको साथै अपग्रेटेड हाइब्रिड इन्जिन दिइएको छ । सन् २०१६ मा पाँचौ जेनेरेसन मोडल ल्याएको होन्डाले त्यसको तीन वर्षपछि सन् २०१९ मा मिडलाइफ फेसलिफ्ट गरेको थियो ।

नयाँ सीआरभी पहिलाको भन्दा ६९ एमएम लामो र १० एमएम बढी चौडाईमा आएको छ । साथै, यसको ह्वीलवेस पनि १० एमएमले लामो छ । यसको अगाडि ठूलो साइजको आकर्षक ग्रिल दिइएको छ । दुबै साइडमा रहेको हेडल्याम्पले ठूलो ग्रिललाई उत्कृष्ट देखाएको छ ।

यसमा पुरानो सीआर-भीको जस्तै लामो बोनेट छ भने साइड प्रोफाइलमा स्ट्रङसोल्जर लाइन र ह्वीलआर्कमा कालो रंगको क्लाइडिङले ढाकेको छ । यसको रियरमा भने पुरानै डिजाइनको एलसेपको लाइट पाउन सकिन्छ ।

सीआर-भीको क्यावीन होन्डा सिभिकको ११ औं जेनेरेशनको जस्तै देखिन्छ । यसमा ७ इन्चको पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर र ९ इन्चको इन्फोटेन्मेन्ट स्कृन रहेको छ । यसमा हनीकम्भ डिजाइनको एसी भेन्ट रहेको छ भने एसी कन्ट्रोलको लागि फिजिकल नब दिइएको छ ।

अल ह्वील ड्राइभ सिस्टमको साथ आएको होन्डा सीआर-भीमा अपडेटेड भर्सनको १.५ लिटरको टर्बो पेट्रोल र २.० लिटरको हाइब्रिड इन्जिन दिइएको छ । होन्डाले कुल विक्रीको आधा हिस्सा हाइब्रिड मोडलले ओगट्ने प्रक्षेपण गरेको छ ।


Back_to_top