एउटै स्कुटरको मूल्य २४ लाख, यी हुन् ५ महङ्गा स्कुटर

काठमाडौं । महङ्गा दुईपाङ्ग्रे सवारी साधन भनेर सुपर स्पोर्टी बाइकहरुलाई लिने गरिन्छ । तर, अब स्कुटरपनि निकै महङ्गा उत्पादन हुन थालेका छन् । 

अप्रिलिया, भेष्पा, सुजुकी, बीएमडब्लु र यामाहाले बजारमा ल्याएका स्कुटरहरु निकै पावरफुल इन्जिनको साथ महंगो मूल्यमा बिक्री हुने गरेको छ । नेपाली बजारमा भने यस्ता स्कुटरको आयात भएको छैन । नेपाली बजारमा विशेष गरेर १५० सीसीसम्मका स्कुटर रहेका छन् । 

अप्रिलिया एसआरभी ८५० एबिएस एटिसी 

भारतीय बजारमा बिक्री भइरहेको अप्रिलिया एसआरभी ८५० एबिएस एटिसीको मूल्य नेपाली २४ लाखरुपैयाँ भन्दा बढी रहेको छ । 

यस स्कुटर डबल क्रेडल, स्टील ट्रेलीजफ्रेमा निर्माण गरिएको छ । यो स्कुटरमा फ्युल इन्जेक्टेड ८३९ सीसीको इन्जिन लगाइएको छ । यसले ७६ पिएस पावर र ७६.४ एनएम टर्क उत्पादन गर्छ । एसआरभी ८५०मा परफर्मेन्स ब्रेक्रिङ्ग तथा एबिएस जस्ता विशेषता दिइएको छ । 

भेस्पा ९४६ एम्पोरियो अरमानी 

भारतीय बजारमा १२ लाख ४ हजार भारुमा बिक्री भैरहेकोे  भेस्पाको ९४६ एम्पोरियो अरमानी  संसारको दोस्रो महङ्गो स्कुटर हो । यसमा फ्युल इन्जेक्टेड १२५ सीसी इन्जिन लगाइएको छ । जसले, ११.९ पिएस पावरका साथै १०.०३ एनएम टर्क उत्पादन गर्छ । 

भेस्पा ९४६ एम्पोरियो अरमानीको बाहिरी आवरण तथा बनावटको कारण उच्च मुल्य तोकिएको हो । स्कुटरमा ग्रीन शेड र युनिक ग्रे ग्रीन पेन्ट स्किम लगाइएको छ । 

सुजुकी वर्गम्यान ६५० एबिएस एक्युटिब

७ लाख ५ हजार भारतीय रुपैँयाँ मूल्य रहेको सुजुकी वर्गम्यान ६५० मा ६३८ सीसी क्षमताको प्यारलल ट्वीन इन्जिन दिइएको छ । ब्रेकका लागि एबिएस सिस्टम दिइएको यो स्कुटरमा स्पेस, स्मुथ सस्पेन्शन सिस्टम र प्यासेन्जरको लागि ब्याकरेष्ट राखिएको छ । यसको लेटेस्ट मोडलमा रिमोटबाट संचालन हुने बिडशिल्ड लगाइएको छ ।

बिएमडब्ल्यु सी ६५० जिटी 

आरामदायक  र पावरफुल ड्राइभिङ एक्सपीरियन्स प्रदान गर्ने बिएमडब्ल्यु सी ६५० जिटीमा ६४७ सीसी क्षमताको ट्वीन इन्जिन दिइएको छ । यसले ६० पिएस पावर दिन्छ । स्कुटरमा एबिएसको साथै एएससी (अटोमेटिक स्टेबिलीटी कन्ट्रोल) सिस्टम दिइएको छ । यो सिस्टमले खराब बाटोमा सहजै स्कुटर चलाउँन मद्धत पुर्याउँछ । यसमा लगाइएको एसभिए (साइड ब्यु असिस्ट) सिस्टमले ड्राइभिङको समयमा आसपास चलेका गाडीलाई देख्न मद्धत पुर्याउँछ । भारतीय बजारमा यसको मूल्य ७ लाख २२ हजार भारु रहेको छ । 

यमाहा टिम्याक्स 

करिब १५ वर्ष अगाडि सार्बजनिक भएको यमाहा टिम्याक्सलाई स्पोर्टबाईक अफ स्कुटरको रुपमा संबोधन गरिन्छ । ७ लाख १५ हजार मूल्य रहेको यो स्कुटर हाल सम्म २ लाख ३३ हजार युनिट्स बिक्री भैसकेको छ ।  

कम्पनीले २०१७ मा सार्वजनिक गरेको यसको नयाँ मोडल निक्कै स्टाइलिस रहेको छ । यसको अटो ट्रान्समिसन इन्जिनले ४६ पिएस पावर तथा  ५३ एनएम टर्क उत्पादन गर्छ । 


Back_to_top