काठमाडौं । जापानीज अटोमोवाइल कम्पनी मित्सुबिसीको प्लग इन हाइब्रिण्ड एसयूभी आउटल्याण्डर फेसलिफ्ट भएर आउने भएको छ । कम्पनीले प्लग इन हाइब्रिड मोडल विश्व बजारमा बिक्री गर्दै आएको थियो । अब त्यसलाई फेसलिफ्ट गरेर ल्याउने भएको हो ।
मित्सुबिशीले फेसलिफ्ट प्लग इन हाइब्रिड मोडलको तस्बिरहरु सार्वजनिक गर्दै एसयूभी तयार रहेको जानकारी दिएको छ । कम्पनीले नयाँ आउटल्याण्डर जापानबाट बिक्री सुरु गर्दैछ । नयाँ आउने आउटल्याण्डरको बाहिरी बनोटमा थोरै परिमार्जन हुनेछ ।
नयाँ आउटल्याण्डरमा कलर प्याटर्न भने ‘मुनस्टोन ग्रे’सहितको आउने छ । कम्पनीले यसमा २० इन्चको नयाँ अलोय ह्वील दिएर ल्याउन लागेको छ ।
यसको इन्टेरियरमा भने धेरै परिवर्तन हुनेछ । कम्पनीले नयाँ आउटल्याण्डरमा भेन्टीलेटेड लेदर सिट, १२.३ इन्चको इन्फोटेन्मेन्ट स्कृन, यामाहाको प्रिमियम अडियो सिस्टम उपलब्ध हुनेछ । यसमा रिभाइज सस्पेन्सन र रिट्यून गरिएको स्टेरिङ सिस्टम रहनेछ ।
नयाँ आउटल्याण्डरमा ठूलो साइजको ब्याट्रीप्याक प्रयोग गर्न लागिएको छ । यसमा रहने २० किलोवाट आवरको ब्याट्रीले ६१ किलोमिटर रेन्ज प्रदान गर्नेछ । कम्पनीले यसमा २.४ लिटरको इन्जिनको साथमा २ वटा इलेक्ट्रीक मोटर र २० किलोवाटको ब्याट्रीप्याक छ । प्लग इन हाइब्रिडको संयुक्त पावर २४८ हर्स पावर प्रदान गर्छ ।