काठमाडौं । विश्वकै सफल ल्यूव ब्राण्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले पार्टनर मिट सम्पन्न गरेको छ । ‘ब्यूल्डिङ रिलेसनसीप, एक्सेरेटीङ सक्सेस’ नारा दिएर आयोजना भएको पार्टनर मिटमा नेपालभर रहेका ५० भन्दा धेरैको सहभागिता थियो ।
सिमरामा आयोजान भएको कार्यक्रममा देश आर्थिक अवस्था र बजारको स्थितिको बारेमा छलफल भएको थियो । साथै, आगामी दिनको रोड म्याप पनि पार्टनर मिटले तय गरेको थियो ।
कम्पनीका सबै स्टेकहोल्डरहरु र ग्राहक बीचको सम्बन्ध अझै मजबुत बनाई, प्रगतितर्फ अग्रसर हुनु पर्ने विषयमा सबैको समान धारणा आएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न बिधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन । सबै मिलेर एकजुट भएर समस्यालाई पछाडि राखेर अगाडि बढ्नु पर्नेछ । हाम्रो सम्बन्धलाई अझै मजबुत बनाई राख्न हाम्रो टिम हरदम तयार र प्रतिबद्ध छ ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटीभदेखि इन्डष्ट्रियल सेक्टरको लागि आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ ।