काठमाडौं । अटोमोटिभ टेक्नोलोजीमा अग्रणी कम्पनी बोशले मेकानिक्सहरुलाई लक्षीत गरेर डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ घोषणा गर्यो । हाम्रो बोश एक एप हो, जुन नेपालकै लागि डिजाइन गरिएको कम्पनीको दावी छ ।
बोश प्लेटफर्ममा दर्ता भएका मेकानिक्सका लागि यसले ठूलो पाइदा पुर्याउने बताइएको छ ।
उपत्यकामा भएको एक कार्यक्रममा बोशको मोबिलिटी आफ्टरमार्केट इण्डियाकी क्षेत्रीय अध्यक्ष तथा सार्कक्षेत्रकी प्रमुख रिथी सेठी यसको अनावरण गरेकी थिइन् ।
‘नेपाल अटोमोटिभ आफ्टरमार्केट क्षेत्रको लागि एक महत्वपूर्ण बजार हो । हाम्रो बोश कार्यक्रमले निजी ग्यारेजहरूलाई ओरिजिनल बोश पार्टपुर्जाको बढ्दो प्रयोगको लागि आकर्षक अंक र प्रोत्साहनहरू प्रदान गर्छ । यो कार्यक्रमले हाम्रो बोश मोबाइल एप मार्फत पोइन्टहरू ट्रयाकिङ र रिडिम गर्ने सहज अनुभव प्रदान गर्छ’, प्रमुख सेठीले भनिन् ।
बोश नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले नेपाल डिजिटलाइजेसन र क्यूआर कोडको बढी प्रयोग थालेको समयमा हाम्रो प्लेटफर्मले हाम्रा साझेदारहरुलाइ फायदा पुग्ने बताए ।
हाम्रो बोश एपले विशेष रूपमा अटोमोटिभ मर्मत मेकानिक्सका लागि डिजाइन गरिएको लोयल्टी कार्यक्रम प्रस्तुत गर्ने कामतले बताए । यसको उद्देश्य बोशको वास्तविक पार्टपुर्जाको प्रयोगलाई बढवा दिनु हो । हाम्रो बोश एपमा दर्ता भएका मेकानिक्सहरुले मोबाइल नम्बरको आधारमा योग्य बोश मोबिलिटी आफ्टरमार्केट उत्पादनहरूमा क्यूआर कोड स्क्यान गरेर पुरस्कार अंकहरू कमाउन सक्ने छन् ।
बोशले प्लेटफर्म र लोयल्टी कार्यक्रम संरचना डिजाइन गरेको भए पनि मेकानिक्सका लागि पुरस्कार पोर्टल र उपहारहरू उनीहरूको लोयल्टी अंकहरूको आधारमा बोशको आधिकारिक वितरक सत्यदीप इन्टरनेशनलले प्रदान गर्नेछ ।
सत्यदीप इन्टरनेशनलका प्रबन्ध निर्देशक दीपेन्द्र मिश्रले भने, ‘हामी २० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा बोशसँग आबद्ध छौं । अटोमोटिभ क्षेत्रको मुटु मानिने मेकानिक्सलाई लक्षित गरी यो डिजिटल पहल सुरु गर्न पाउँदा हामी सम्मानित र हर्षित छौं ।’
प्रमुख स्थानीय अटोमोटिभ वितरकहरू, मेकानिक्सहरू, र बोश भारतका विशिष्ट अतिथिहरू सहित लगभग १५० जनाको उपस्थिति थियो । अटोमोटिभ क्षेत्रभन्दा बाहिर, बोशले पावर टूल्स, बिल्डिंग टेक्नोलोजीज र बोश होम अप्लायन्सेसमा नवीन उत्पादनहरू बिक्री गर्दै आएको छ ।

