काठमाडौं । नेपालमा प्रो होण्डा जेनुइन इन्जिन आयल बिक्री सुरू भएको छ । नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालमा प्रो होण्डा जेनुइन इन्जिन आयलको बिक्री वितरण सुरू गरेको हो ।
होण्डाका सबै प्रयोगकर्ताहरूलाई आफ्नो सवारी तथा पावर प्रडक्ट्सका लागि गुणस्तरीय जेनुइन इन्जिन आयल सुविधा पुर्याउने उद्देश्यले नेपालमा बिक्री वितरण सुरु गरिएको कम्पनीले जनाएको छ । होण्डा मोटर कम्पनीले मोटरसाइकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरूका लागि विकसित गरेको प्रो होण्डा जेनुइन इन्जिन आयल आधुनिक र विश्वस्तरीय रहेको छ ।
प्रो होण्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदूषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको छ । यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षणलाई कम गर्छ, जसले गर्दा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ। यति मात्र होइन, यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पाटपुर्जाहरूलाई खियाबाट जोगाउँछ र समग्रमा इन्जिनको आयु अझ बढाउँछ।
स्याकार ट्रेडिङ कम्पनीका अनुसार प्रो होण्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ । इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होण्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त रहेको छ ।
प्रो होण्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध छन् । यसमा १० डब्लू ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लू ३० एमबी नेपाल ०.८ लिटर, ५ डब्लू ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लू ३० एमबी नेपाल १ लिटर, र अन्तमा होण्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लू ३० रहेका छन्।
यस नयाँ र गुणस्तरीय उत्पादनको लन्चसँगै होण्डाले नेपालका सवारी साधन धनीहरूलाई उत्कृष्ट आयलको अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दाहोर्याएको छ ।
स्याकार ट्रेडिङ कम्पनी प्राइभेट लिमिटेड नेपालमा होण्डा मोटर कम्पनीको विगत ५५ वर्षदेखि आधिकारिक वितरक हो ।

