भोलिबाट एमजीको ‘सर्भिस परिचय क्याम्प’, उपभोक्तालाई छुट

काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले सुकेधारमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले नयाँ सर्भिस क्याम्पको परिचय गराउन विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।

सुकेधार निलोपुलमा रहेको सर्भिस सेन्टरमा ‘एमजी सर्भिस परिचय क्याम्प’ भोलि बुधबारदेखि सुरु भएर शुक्रबार सकिने छ । फागुन ७ गतेदेखि ९ गतेसम्म चल्ने छ ।

कम्पनीले उपभोक्तालाई स्पेयर पार्टस्, लेबर चार्ज र डेन्ट÷पेन्टमा लाग्ने लेबर चार्जमा छुट १० प्रतिशत छुट दिने जनाएको छ । त्यसको साथै, निःशुल्क भेहिकल स्क्यानिङ र निःशुल्क टप वासिङ पाउने छन् ।

नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको पारामाउन्ट मोटर्सले नयाँ इलेक्ट्रीक एसयूभी एस-५ पनि छिट्टै बिक्री सुरु गर्दैछ ।


Back_to_top