चार्जिङ स्टेशन निर्माणमा आक्रमक सीजी, २७२ स्थानमा बन्यो डिसी चार्जर

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले ईभी चार्जिङ स्टेशन निर्माणमा ठूलो सफलता हात पारेको छ । कम्पनीले दुई वर्षको अवधिमा देशभर २७२ स्थानमा चार्जिङ स्टेशन निर्माण सम्पन्न गरेको हो ।

सीजी मोटर्सका अनुसार कम्पनीले अहिलेसम्म २४८ स्थानमा जिबीटी चार्जर र २४ स्थानमा सीसीएस-टु पोर्ट भएको चार्जर लगाएको हो । कम्पनीले लगाएको जिबीटी चार्जर केवाइसी र किङलङका भ्यानहरु चार्ज गर्न प्रयोग भइरहेका छन् । सीसीएस-टु चार्जर भने कम्पनीले आफ्ना प्यासेन्जर कार चार्ज गर्न बनाएको हो ।

जिबीटी चार्जर भएका स्थान

‘हामीले चार्जिङ पूर्वाधार निर्माणमा लगानी बढाउँदा हाम्रा उपभोक्ताले रेन्ज इन्जाइटी लिएर यात्रा गर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । सार्वजनिक होस् वा निजी सवारीधनीले ढुक्कसँग यात्रा गर्न सकेका छन्’, सीजी मोटर्सले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीका अनुसार ‘सीजी केयर एप’ चाँडै संचालनमा ल्याउने जानकारी दिदै कम्पनीले भनेको छ, ‘सीजी केयर एपबाट २४/७ रोड साइड असिस्टेन्स, सर्भिस, पार्टस्, सर्भिस बुकिङ र चार्जिङ स्टेशनको जानकारी र अवस्था उक्त एपबाटै लिन सकिनेछ ।


Back_to_top