काठमाडौं । एसटीसी अटो प्रालिले काठमाडौंमा सिएट टायरको रिटेलर मिट सम्पन्न गरेको छ । उपत्यकामा भएको उक्त रिटेलर मिटमा सिएट इन्डियाको प्रतिनिधिको पनि सहभागिता थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै एसटीसी अटोका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले नेपाली उपभोक्ताको पहिलो रोजाईमा सिएटका टायरहरु परिरहेको बताए ।
गुणस्तर, टिकाउ र भरपर्दो ब्राण्डको रुपमा सिएट टायरले पहिचान बनाएको छ । कम्पनीले दुई पाङ्ग्रे, प्यासेन्जर कार, कमर्शियल र हेभी इक्यूपमेन्टको लागि टायर उपलब्ध गराएको छ । रिटेलर बिजनेश पर्टनर साथीहरुले गर्नु भएको मिहिनेतले हामीलाई अब्बल बनाएको हो’, प्रबन्ध निर्देशक उप्रेतीले भने ।
सिएट टायर इण्डियाका इन्टरनेश्नल विजनेस हेड रजनिश कुमार शाहले दुई पाङ्ग्रे साधनको बजारमा आफुहरु पहिलो स्थानमा रहेको बताए । उनका अनुसार सिएटको विश्वभर ६ वटा प्लान्ट रहेको छ । वार्षिक १ करोड ५० लाख युनिट टायर उत्पादन गर्ने सिएटका उत्पादन १३० भन्दा बढि देशमा बिक्री हुँदै आएको छ ।
अहिले ईभीको टायर ल्याएर निकै राम्रो ब्यापार गरिरहेको सिएटका टायरमा आवाज एकमदै कम आउने कम्पनीको दावी छ । लामो समयसम्म टिक्ने र माइलेज बढि पाइनेजस्ता विशेषताका कारण सिएटका उत्पादन लोकप्रिय बन्दै गएका हुन् ।