ग्लोबल आइएमई बैंकले कमलादीमा संचालनमा ल्यायो सीसीएसटू चार्जिङ स्टेसन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेशन संचालनमा ल्याएको छ ।

बैंकले बिहीबारदेखि बैंकको आफ्नो कर्पोरेट कार्यालय, कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो ।

उक्त चार्जिङ स्टेसनको उद्घाटन बैंकका संचालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

बैंकले स्थापना गरेको चार्जिङ स्टेसन सीसीएसटू सिगंल गनको हो । यो ४० किलोवाट क्षमता रहेको छ ।

उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरूलाई आफ्नो ईभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकहरूको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ।

बैंकका संचालक शर्माले बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल ईभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रूपमा यस चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपायहरू अवलम्बन गरिरहेको समेत उल्लेख गरे ।

साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए । उनले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरण मैत्री प्रोडक्टहरू ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए ।

उनले ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको ईभी चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत अबलक्बन गर्ने विश्वास व्यक्त गरे ।


Back_to_top