टोयोटाको सानो लाइफ स्टाइल एसयूभी ‘एफजे क्रुजर’

काठमाडौं । ल्याण्ड क्रुजर प्राडोको ग्लोबल डेब्यूपछि टोयोटाले अर्को रग्ड एसयूभीको टिजर सार्वजनिक गरेको छ । बक्सी डिजाइनमा रहेको लाइफ स्टाइल एसयूभी एफजे क्रुजरले धेरैको ध्यान खिचेको हो ।

कम्पनीले नयाँ लाइफ स्टाइल मोडलको नाम सन् १९५५ को मोडल ‘एफजे २०’बाट लिने विभिन्न रिपोर्टहरूले उल्लेख गरेका छन् । अहिले प्याटेन्ड डिजाइनमा निकै रग्ड देखिएको कम्प्याक्ट क्रुजर कन्सेप्ट धेरैको रोजाइमा पर्न सक्छ ।

रिपोर्टहरूको दाबी मान्ने हो भने नयाँ एसयूभी टोयोटाको हाइलक्स पीकअप, फर्चुनर तथा इनोभा क्रिस्टा बनेको आइएमभी ल्याडर फ्रेम च्यासिसमा निर्माण हुनेछ ।

फाइभ डोर लेआउटमा रहेको यो एसयूभीमा राउण्डेड एजको साथमा रेक्ट्रयाङ्गुलर ग्रिल रहने छ । यसको रियरमा स्पेरह्वील माउण्टेड गरेको प्याटेन्ट इमेजमा देखिन्छ । टोयोटाले नयाँ एसयूभीमा २७५० एमएम लामो ह्वीलबेस दिनेछ ।

अहिलेसम्म धेरै कुरा बाहिर नआएको एसयूभीमा २.० लिटर र २.७ लिटर पेट्रोल इन्जिन रहजेछ । साथै, २.८ लिटर डिजेल इन्जिनमा पनि आउने सम्भावना छ । यो एसयूभीमा फोर ह्वीड ड्राइभ अप्सन रहने छ ।

टोयोटाले एफजे क्रुजर मोडललाई सन् २०२५ मै ग्लोबल डेब्यू गर्ने र २०२६ बाट बिक्री सुरू गर्ने अनुमान गरिएको छ ।


Back_to_top