ईभीको पार्टस महंगो भन्नेलाई केईको मूल्यसूची, कुन पार्टसको मूल्य कति ?

काठमाडौं । पछिल्ला महिनामा चलिरहेको ईभी सर्भिस र पार्टस महंगो भन्ने गुनासाका बीच केई ब्राण्डले आफ्नो पार्टसको मूल्यसूची प्रकाशित गरेको छ । केईको आधिकारीक बिक्रेता जीओ अटोले केई एक्स-थ्री प्रोमा लाग्ने ११ पार्टसको मूल्य प्रकाशन गरेको हो ।

केई एक्स-थ्री प्रोको सबैभन्दा महंगो पार्टस हेडल्याम्प एसेम्बली रहेको छ । कम्पनीले यसको मूल्य ७२ हजार ८९२ रुपैयाँ कायम गरेको हो । त्यस्तै कम्पनीले सबैभन्दा कम मूल्यको पार्टसमा पछाडिको लोअर बम्परको मूल्य तोकेको छ । यसको मूल्य ९ हजार ५९२ रुपैयाँ तोकिएको हो ।

केई एक्स-थ्री प्रोमा लाग्ने साइड मिरर विथ क्यामेराको मूल्य ४४ हजार १६६ रुपैयाँ राखिएको छ । पछाडिको माथिल्लो भागमा लाग्ने बम्परको मूल्य ३७ हजार ७१६ रुपैयाँ छ ।

जीओ अटोले डिस्क ब्रेकको मूल्य १० हजार ९२६ रुपैयाँ कायम गरेको छ भने ब्रेक प्याड सेटको १२ हजार ७८७ रुपैयाँ कायम गरेको छ । कम्पनीले अनुसार मुख्य चल्तीका पार्टसको मूल्य प्रकाशन गरिएको हो ।


Back_to_top