चीनद्धारा रसुवागढीमा अस्थायी पुल निर्माण सुरू

काठमाडौं । चीनले रसुवागढीस्थित नेपाल चीन सिमानामा रहेको ल्हेन्दे खोलामा अस्थायी पुल निर्माण सुरू गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै चीनले अस्थायी पुल निर्माण सुरू गरेको जानकारी गराएको हो ।

दूतावासले अस्थायी पुल निर्माण भइरहेको भिडियो समेत सार्वजनिक गरेको छ ।

गत असार २४ गते आएको बाढीले दुई देश जोड्ने मितेरी पुल बगाएको थियो ।

यसअघि सरकारले रसुवागढीमा अस्थायी पुल निर्माण गरिदिन चीनलाई आग्रह गरेको थियो । नेपालका लागि चिनियाँ राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँगको भेटमा पुल निर्माण गरिदिने प्रतिबद्धता जनाएका थिए ।


Back_to_top