काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुग्लिङ सडक खण्ड आज दिउँसो ३ घण्टा बन्द हुने भएको छ ।
नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड)ले एक सूचना प्रकाशित गर्दै बिहान ११ बजे देखि दिनको २ बजेसम्म सवारी आवगमन पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो ।
आयोजनाका अनुसार मझिमटारस्थित आकाशे पैदल पुलको यात्रु आवागमन गर्ने भाग राख्ने (गर्डर लल्चिङ) गर्न ३ घण्टा सवारी आवगमन बन्द गरेर काम गर्न लागिएको हो ।
साथै, उक्त समयमा वैकल्पिक सडक प्रयोग गर्न सबैमा अनुरोध गरिएको छ ।

