काठमाडौं । सरकारले राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनालाई ४६ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजना निर्माणका लागि आवश्यक राष्ट्रिय वन क्षेत्रको कुल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो ।
आयोजनालाई काठमाडौंको दक्षिणकाली नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका र बागमती गाउँपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न दिइने भएको हो ।
साथै, बैठकले उक्त वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका १८ हजार ८९८ वटा रुख काट्न अनुमति दिएको छ ।
रुख कटान अनुमति नपाउँदा केही ठाउँदा आयोजनाको काममा ढिलाइ भएको थियो ।

