काठमाडौं । नेपाल अरनिको यातायात सेवा प्रालिले १ महिना भित्र आफ्ना सबै सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीटीभी क्यामरा जडान गर्न निर्देशन दिएको छ ।
समितिले एक विज्ञप्ति जारी गर्दै १ महिना भित्र भाडाका सवारीमा अनिवार्य जीपीएस र सीसी क्यामरा जडान गर्न निर्देशन दिएको हो ।
समितिले सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेमा बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी गराएको छ ।
‘…भाडाका सवारी साधनहरूमा आजको मितिले एक महिना भित्र अनिवार्य रुपमा जीपीएस र सीसी क्यामेरा जडान गर्नुपर्ने निर्णय भएकोले यस प्रालि अन्तर्गत संचालित सम्पूर्ण बसहरूले माथि उल्लेखित निर्णय अनुसार आ-आफ्नो गाडीमा अनिवार्य रुपमा जीपीएस र सिीसी क्यामेरा जडान गर्न/गराउनुहुन सम्बद्ध सम्पूर्ण बस व्यवसायी तथा स्टाफ वर्गको जानकारीको लागि यसै सूचनाद्वारा आदेशानुसार सूचित गरिन्छ,’ कम्पनीले जारी विज्ञप्तिमा भनिएको छ ।
तोकिएको अवधि भित्र जीपीएस र सीसीटीभी जडान नगरी प्रशासनिक कारबाही हुन गएमा कम्पनी जिम्मेवार नहुने जनाएको हो ।


