काठमाडौं । एसपीजी अटोमोबाइल्स कम्पनी प्रालिले चेरी ग्रुप अन्तर्गतका विद्युतीय एसयूभीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्म वारेन्टी दिने भएको छ ।
कम्पनीले बिक्री गर्ने ओमोडा, जेको र आइकार ब्राण्डका सम्पूर्ण मोडलमा एक्सटेन्डेड वारेन्टी घोषणा गरेको हो ।
हाल कम्पनीले ओमोडा ई फाइभ, जेको जे सिक्स टी र जेको जे फाइभ तथा आइकार भी २३ मोडल बिक्री गर्दै आएको छ ।
‘पावरिङ योर कन्फिडेन्स’ स्लोगन सहित कम्पनीले एक्सटेन्डेड वारेन्टी सुरू गरेको हो । धेरै वारेन्टी पाएसँगै प्रयोगकर्ता पूर्णरूपमा ‘पिस अफ माइन्ड’मा रहने कम्पनीले जनाएको छ ।

