यी हुन् नेपालमा पाइने कम मूल्यका फिचर लोडेड ४ बाइक

काठमाडौं । ग्राहकले आफ्ना चाहना र आवश्कता अनुरुपका मोटरसाइकल खोज्नु स्वभाविक मानिन्छ । आवश्कता अनुसार कोहीलाई २ लाखको मोटरसाइकल महंगो हुन सक्छ भने कसैलाई ८५ लाखको पनि सस्तो लाग्न सक्छ । 

आफुले तिरेको मूल्यमा फिचर धेरैभन्दा धेरै भएको मोटरसाइकलको खोजी सबै ग्राहकले गरिरहेका हुन्छन् । यसैलाई मध्य नजर गर्दै मोटरसाइकल निर्माता कम्पनीले समेत नयाँ–नयाँ मोटरसाइकल निर्माण गर्ने गर्छन् । 

हाल नेपाली बजारमा उपलब्ध रहेको कम मूल्यमा उत्कृष्ट फिचर रहेको बाइकहरु निम्न प्रकारका छन् ।

टीभीएस २०० ४भी

टीभीएस अपाचे आरटीआर २०० ४ भी नेपाली बजारमा उपलब्ध रहेको मोटरसाइकलमा फिचर लोडेड मोटरसाइकल हो । यसको मूल्य नेपाली बजारमा ३ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यसमा १९७.८ सीसी सिगंल सिलिन्डर, आयल कुल्ड ४ भल्भ इन्जिन रहेको छ । उक्त इन्जिनले २०.२ बीएच पावर तथा १८.१ एनएम टर्क जेनेरेट गर्छ ।

यो सेग्मेन्टकै सस्तो स्लिपर कल्च रहेको कम मूल्यको मोटरसाइकल हो । यसको इन्स्टुमेन्ट कन्सोलमा सेग्मेन्टकै सबैभन्दा धेरै फिचर रहेको मोटरसाइकल हो । यसको कन्सोलमा ट्रिप मिटर रेकर्डर, गियर इन्डिकेटर, डिजिटल टेकोमिटर, स्पिडोमिटर, फ्यूल वार्निग, क्लक जस्ता फिचर रहेको छ । निकट भबिष्यमा नै नेपाली बजारमा स्मार्ट कनेक्टेड आरटीआर २०० ४ भी सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ ।

पल्सर एनएस २००

बजाज पल्सर एनएस २०० अर्को कम मूल्यमा फिचर लोडेड मोटरसाइकल रहेको छ । हालैमात्र एबीएस तथा एफआइ भर्सनमा सार्वजनिक भएको यो मोटरसाइकल झनै धेरै फिचर भएको मोटरसाइकल भएको छ ।  

नेपाली बजारमा ३ लाख ३४ हजार ९ सय रुपैयाँ पर्ने यो मोटरसाइकल बजाजको चर्चित मोटरसाइकल हो ।

पल्सर एनएस २०० मा उपलब्ध फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिनले ९ हजार ७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।

यसको फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फर्क र रियरमा निट्रोक्स मनोशक याब्जर्वर लगाइएको छ । यसमा डिजिटल स्पिडोमिटर, एनालग टेकोमिटर, डिजिटल ट्रिपमिटर, ओडोमिटर, हेडलाइट, एलइडी टेललाइट, एक्जुलरी लाइट दिइएको छ ।

यामाहा आर १५ भी ३

यामाहा आर १५ भी ३ मूल्यका हिसाबले अत्यन्तै फिचर लोडेड मोटरसाइकल रहेको छ । यसमा उपलब्ध १५५ सीसी लिक्विड सिङ्गल सिलिन्डर इन्जिनले १०००० आरपीएममा १९.३ पीएस पावरकासाथै १४.७ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड ट्रान्समिसन लगाइएको छ । 

मोटरसाइकलमा  आकर्षक विशेषतास्वरुप भेरिएवल भल्भ एक्ट्यूएसन (भीभीए) प्रविधिको प्रयोग गरिएको छ । एबीएस सुबिधा थप गरेर कम्पनीले सार्वजनिक गरेको यो मोटरसाइकल सेग्मेन्टमा धेरै पावर भएको मोटरसाइकल रहेको छ । 

स्लिपर कल्च, गियर इन्डिकेटर, ६ स्पीड गियरबक्स, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचरले मोटरसाइकललाई उत्कृष्ट बनाएको छ ।

बेनेली टीएनटी १५

१५० सीसी सेग्मेन्टमा फिचर लोडेड बाइकको रुपमा इटालीयन मोटरसाइकल बेनेली टीएनटी १५० रहेको छ । यो मोटरसाइकलमा १४९ सीसी एयर कुल्ड सिगंल सिलिन्डर, २ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले १२.६ बीएच पावर जेनेरेट गर्छ । यसको इन्जिनमा ५ स्पिडको गियरबक्स जडान गरिएको छ । 

गियर इन्डिकेटर, डबल डिस्क ब्रेक, डिजिटल कन्सोल, ट्रिप मिटर जस्ता फिचरले यो मोटरसाइकललाई उत्कृष्ट बनाएको छ । मूल्यको हिसावमा यो उत्कृष्ट मोटरसाइल रहेको छ । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ । 


Back_to_top