यस्तो छ टीभीएस RTR-300 FX डर्ट बाइक

भारतमा रेसिङ डिएन कम्पनीको रुपमा परिचित टीभीएसको डर्ट बाइक चर्चामा भने आउने गरेको छैन । कम्पनीले १५०, ३०० र ४५० सीसी क्षमतामा डर्ट बाइक उत्पादन गरेको भएपनि विशेषत आन्तरिक स्टन्ट र अन्तर्राष्ट्रि प्रतिस्पर्धामा कम्पनीले यी बाइकको प्रयोग गर्दै आएको छ । 

यस्तोमा टीभीएसको आरटीआर ३०० एफएक्स मोडलको विषयमा जानकारी दिने हामीले प्रयास गरेका छौं । यो डर्ट बाइकलाई पावर र सुरक्षाको कम्बीनेसनको रुपमा बुझने गरिन्छ । 

कम्पनीले आरामदायी यात्राको लागि अगाडि अपसाइड डाउन फर्क र पछाडि हाइड्रोलिक डब्ल्यूपी मोनोसक दिइएको छ ।  यसमा आल्मुनियम ह्वील रिम दिइएको छ । बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

हेलोजिन हेडल्याम्प, डिजिटल फियुल गज, डिजिटल स्पीडोमिटर र ट्रिप मिटर दिइएको बाइक अफ्रोड राइडिङको लागि उपयुक्त रहेको छ ।

कम्पनीले आरटीआर ३०० एफएक्समा २९० सीसी सिंगल सिलिन्डर, ४ भल्भ, फोर स्टोक, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन दिएको छ । 


Back_to_top