जावाको तेस्रो बाइक पेराक सार्वजनिक, कहिले आउँछ नेपाल

नेपाली बजारमा प्रबेश गर्ने तयारी भइरहेको जावाले भारतीय बजारमा आफ्नो तेस्रो मोडल सार्वजनिक गरेको छ । चेक ब्राण्ड जावालाई भारतीय अटो कम्पनी महिन्द्राले किनेसँगै भारतीय बजारमा जावा र जावा ४२ सार्वजनिक गरेको कम्पनीले तेस्रो मोडलको रुपमा जावा पेराक मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले भारतमा यसको मूल्य १ लाख ९४ हजार भारु तोकिएको छ । यसको बुकिङ आगामी जनवरी १ देखि शुरु हुनेछ ।

बबर स्टाइलमा आएको जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिस मोटर शोमा पेश गरिएको पेराकबाट लिइएको हो । नयाँ पेराकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ ।

उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ भने सुरक्षाको लािग ड्युअल च्यानल एबीएस दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् ।

जावाका उत्पादन २०२० को मध्यसम्ममा नेपाली बजारमा बिक्री सुरु हुने महिन्द्रा स्रोतले जानकारी दिएको छ । 


Back_to_top