फोर्डले आफ्नो चर्चित मस्कुलर एसयूभी मस्टाङलाई पहिलो इलेक्ट्रीक गाडीको रुपमा ‘मस्टाङ मच–ई’ नाममा ल्याउने भएको हो । कम्पनीले भोलि नोभेम्बर १७ मा यसलाई अमेरिकाको लस एन्जलमा सार्वजनिक गर्ने भएको हो ।
कलाकार एड्रिस इल्वा उक्त कार्यक्रमको मुख्य अतिथिको रुपमा सहभागि हुने छन् भने लसएन्जलसबाट फोर्डको सोसल मिडियामा र चीनमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ ।
कम्पनीले भोलि मस्टाङ इलेक्ट्रीक बुकिङ गर्ने ग्राहकलाई ५०० डलर रिफन्ड गर्ने जनाएको छ । फोर्डको पहिलो इलेक्ट्रीक कार चीन, अमेरिका र यूरोपबाट बिक्री सुरु हुने जनाइएको छ ।
कम्पनीले अहिले मस्टाङ मच–ईलाई लिमिटेड एडिसको रुपमा सार्वजनिक गरेको छ भने रेगुलर मोडल भने २०२० को अन्त्यबाट मात्रै बजारमा उपलब्ध हुने जनाएको छ ।
कम्पनीले यसको फिचर र अन्य पाटर्सको विषयमा केही नबताएपनि लिमिटेड एडिसनले एक पटकको फुलचार्जमा ४८० किलोमिटर रेञ्ज प्रदान गर्छ भने स्टायडर्ड मोडलले ३७६ किलोमिटर रेञ्ज प्रदान गर्ने जनाएको छ । यसले ० देखि ९६ किलोमिटर प्रतिघन्टाको रफ्तार भेट्टाउन ३.५ सेकेन्ड मात्र लगाउने छ ।
करिब ६० हजार डलर मूल्य पर्ने अनुमन गरिएको फोर्ड मस्टाङ माच–ईको सबै जानकारी पाउन भने अझै २४ घन्टा कुर्नु पर्ने हुन्छ ।

