काठमाडौं । फेरारीको पहिलो विद्युतीय कार लुस १७ करोड नेपाली रुपैयाँ (११ लाख अमेरिकी डलर) बेस मूल्य लगाएर लिलामीमा राखिने भएको हो । फेरारी लुसको पहिलो ग्राहक बन्ने मानिसले बजारमा बिक्री गर्ने मूल्यको झण्डै दोब्बर सुरूवाती मूल्य लगाउनु पर्ने भएको छ ।
इटालियन ब्राण्डले आफ्नो पहिलो इलेक्ट्रीक मोडलका बजार बिक्री मूल्य भने ६ लाख ४० हजार अमेरिकी डलर तोकेर बिक्री सुरू गर्दैछ । लिलामीमा राख्न लागिएको फेरारी लुस कस्टुमाइज गरेर ग्राहकलाई दिन लागिएको हो ।
विशेष लुसलाई फेरारीको टेलर मेड डिभिजनले कस्टमाइज गरेको हो । यसमा Madreperla Semi-Gloss कलर दिइएको छ । उक्त कलरले बाहिरी प्रकाश र कोण अनुसार हरियोदेखि बैजनीसम्मको फरक प्रतिबिम्ब देखाउँछ ।
यसमा फाइभ स्पोक ह्वील, कस्टम ब्रेक क्यालिपर र लुसको पहिलो चेसिस र उत्पादन भएको पहिचानसहितको विशेष प्लेट राखिने छ । कम्पनीले लुसमा प्रयोग गरिएको मोटर र ब्याट्रीको विषयमा आधिकारिक जानकारी अहिलेसम्म दिएको छैन ।


