२.८२ लाखमा बिक्री सुरू हुँदै टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर अर्बिटर नेपालमा भोलि (बिहीबार)देखि बिक्री सुरू हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अर्बिटर भी २ भोलि लन्च गर्ने भएको हो ।

अर्बिटर नेपालमा टीभीएसको दोस्रो इलेक्ट्रीक मोडलको रूपमा आउन लागेको हो । यसअघि आइक्युब बिक्री हुँदै आइहरेको छ ।

कम्पनीले हालसम्म टीभीएस अर्बिटरको आधिकारिक मूल्य खुलाएको छैन । तर, डिल स्रोतका अनुसार अर्बिटर स्कुटरको मूल्य २ लाख ८२ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरिने छ ।

टीभीएसको अर्बिटर विशेषगरी सिटी राइडका लागि मात्रै उपयुक्त हुने किसिमको इलेक्ट्रीक स्कुटर हो । यसमा ३.१ किलोवाट आवरको ब्याट्रीप्याक दिइएको छ । यसले एक सिंगल चार्जमा १५८ किलोमिटरसम्मको आइडीसी रेन्ज प्रदान गर्छ । तर कम्पनीले १३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने बताएको छ ।

स्कुटरमा २.५ पिक किलोवाटको बीएलडीसी रियर हब मोटर जडान गरिएको छ । यसको टप स्पीड क्षमता ६८ किलोमिटर प्रतिघण्टा रहेको छ ।

अर्बिटरमा टीभीएस कनेक्ट एप सहितको कलरफुल एलसीडी डिजिटल डिस्प्ले, पूरा एलईडी लाइट सेटअप, एलईडी डीआरएल, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, लाइभ लोकेसन, ओटीए अपडेट, हिल होल्ड, एन्टी थेफ्ट, क्र्यास अलर्ट, क्रुज कन्ट्रोल, रिजेनेरेटिभ टेक्नोलोजी, मोटर कटअफ टेक्नोलोजी, राइडिङ मोड, रिभर्स मोड, रिभर्स पार्किङ असिस्ट, यूएसबी पोर्ट लगायतका फिचरहरू छन् ।

साथै, १६५ एमएम ग्राउण्ड क्लियरेन्स भएको स्कुटरमा पूरा फ्ल्याट सिट, अलोय ह्वील, फ्ल्याट फ्लोरबोर्ड, ३४ लिटरको बुट स्पेस, ट्युबलेस टायर, ड्रम ब्रेक, टेलिस्कोपिक फ्रन्ट र रियर डुअल सक सेटअप दिइएको छ ।


Back_to_top