काठमाडौं । विशालनगरको शंकर अटो वर्कसपमा भिषण आगलागि भएको छ । आज बेलुका भएको आगलागिबाट के कति क्षति भयो भन्ने कुनै एकिन भएको छैन ।
उक्त आगलागि नियन्त्रणमा गर्न दमकल, प्रहरी र स्थानीयको सहयोगले सकिएको महानगरिय प्रहरी वृत कमलपोखरीले जनाएको छ ।
महानगरिय वृत कमलपोखरीले मेरोअटोलाई दिएको जानकारी अनुसार घटनाको पूर्ण विवरण प्राप्त भएको छैन । भोलि बिहान घटनाको सम्पूर्ण विवरणसहित जाएरी दिन आउने बताइएको छ ।
निकै ठूलो आगलागि भएपनि स्थानीय, प्रसासन र दमकलको सहयोगले आगो नियन्त्रणमा आएको वृतले जानकारी दिएको छ । फोटो/भिडियोः प्रदिप चापागाईको फेसबुकवालबाट


