टाटा मोटर्सले आफ्नो पछिल्लो कन्सेप्ट प्रिमियम ह्याचब्याक कारको रोड–टेस्ट सुरु गरेको छ । यो कारको कन्सेप्ट डिजाइन सन् २०१८ को अटो–शोमा देखाइएको थियो ।
भारतीय मिडियाको रिपोर्टअनुसार यो कार २०१९ को फेस्टिभल सिजनमा लञ्च हुनेछ । यो कन्सेप्ट कारको डिजाइन कोड एक्स–४५ दिइएको छ । टाटाको यो कार उसको फ्यूचरिस्टीक डिजाइन कन्सेप्टमा हुनेछ, जुन नयाँ कम्प्याक डिजाइन २.० फिलोसोफिमा आधारित रहेको छ ।
टाटा एक्स–४५ को कम्पिटीसन मारुतीको बलेनो, होण्डा ज्याज र हुन्डाईको इलाईट आई–२० सँग हुनेछ र यो प्रिमियम ह्याचब्याकको मूल्य अवस्य पनि यी कारहरूभन्दा कम हुनेछ ।
टाटा एक्स–४५ नयाँ एड्भान्स मोडल प्ल्याटफर्मको बेसमा निर्माण हुनेछ, जसलाई आजकल अल्फाबेस पनि भनिन्छ । संभवत यो टाटा मोटर्सको पहिलो क्रसओभर कार हुने छ ।
यसमा टाटा नेक्सनमा प्रयोग भएकै पेट्रोल र डिजल इञ्जिन प्रयोग हुने अनुमान गरिएको छ । पेट्रोलमा १.२ लिटरको तीन सिलिन्डर टर्बोचार्जड इञ्जिन हुनेछ भने डिजेलमा १.५ लिटरको चार सिलिन्डर पावरफुल इञ्जिन हुनेछ ।
ट्रान्समिसनमा टाटाले अटोमेटिक तथा म्यानूअल दुबै भेरियन्टमा ल्याउनेछ । यसको कन्सेप्टको साइज ४,२५३ एमएम भए तापनि उत्पादन भने थोरै सानो चार मिटरको साइजमा हुने जनाइएको छ । यसमा सम्पूर्ण आधुनिक फिचरहरू समावेश हुनेछन् ।


