‘सुजुकी व्यान्डिट-१५०’ नयाँ अवतारमा, समेटिए यी विशेषता

सुजुकीले (जीआईआईएएस) इन्डोनेसियन मोटर-शो २०१८ मा आफ्नो बहु–प्रतिक्षित मोडल व्यान्डिट–१५० सार्वजनिक गरेको छ । व्यान्डिट-१५० जीएसएक्सएस-१५० मोडलमा आधारित मोटरसाइकल हो । 

यी दुबै मोडलमा समान प्रकारको चेसिस दिइएको भए तापनि कम्पनीले व्यान्डिटको बडी स्टाइल निक्कै आकर्षक तथा स्पोर्टी बनाएको दाबी गरेको छ । १५० सीसी सेग्मेन्टका मोटरसाइकलअन्तर्गत निक्कै प्रतिस्पर्धी मोडलको रुपमा निर्माण भएको व्यान्डिट–१५० मा विभिन्न विशेषता दिइएको छ । 

मोटरसाइकलको नयाँ फेन्डरमा ह्यान्डल बारकासाथै एलईडी हेडल्याम्प्स लगाएको छ भने, सस्पेन्सन टेलिस्कोपीको विशेषता दिइएको छ । फ्यूल ट्याङ्कीमा पूmल्ली इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ । सिङ्गल सिट दिइएको व्यान्डिटको रियरको उचाई घटाइएकोे छ । 

सुजुकीले यसमा एलईडी टेल ल्याम्प्स लगाएको छ भने, ब्ल्याक कलरको एलोए ह्वील लगाएको छ । मोटरसाइकलको रियरमा एड्जस्टेबल मोनो–सस्पेन्सन लगाइएको छ । यसमा जीएसएक्सएस–१५० मा प्रयोग भएको १४७.३ सीसीको सिङ्गल सिलिन्डर लिक्विड कुल्ड इञ्जिन लगाइएको छ ।

यो इञ्जिनले १०,५०० आरपीएममा १९ बीएचपी पावर उत्पादन गर्छ भने नौ हजार आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ । इञ्जिमा ६ स्पीड म्यानूअल गियरबक्स दिइएको छ । साथै, फ्रन्ट तथा रियरमा डिस्कब्रेक लगाइएको छ । 

निर्माताले एबीएस फिचरसहित बजारमा ल्याएको व्यान्डिट–१५० ले १५० सीसी सेग्मेन्टकै पल्सर–१५० सँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । 

सुजुकी जीएसएक्स–१५० व्यान्डिट स्ट्रङ्गर रेड, टिनानिएम ब्लाक, ब्रिलियन्ट ह्वाइट तथा मेटालिक टिटानियम गरी चार भ्यारियन्टमा उपलब्ध छ । यसको कुल तौल १३५ किलोग्राम रहेको कम्पनीले जनाएको छ । 

हाल सार्वजनिक भएका अन्य मोडलमा समावेश गरिएका विशेषता समेटिएको सुजुकी व्यान्डिटले राम्रो बजार पकड्ने कम्पनीले दाबी गरेको छ । 


Back_to_top