टाटा मोटर्सको प्रिमियम ह्याचब्याक कार अल्ट्रोजको उत्पादन सुरु भएको छ । कम्पनीले पहिलो उत्पादन मोडल अल्ट्रोट फ्याट्रीबाट रोल आउट गरेको हो ।
भारतको पुने प्लान्टबाट कम्पनीले यसको उत्पादन सुरु गरेको हो । यसको साथै कम्पनीले नयाँ एसयूभी ग्राभिटास, नेक्सन इभी पनी यहि प्लान्टबाट उत्पादन गर्ने तयारी गरिरहेको छ ।
टाटाले उत्पादन सुरु गरेको अल्ट्रोज कम्पनीको पहिलो प्रिमियम ह्याचब्याक मोडल हो । यसले मारुती सुजुकी बलेनो, हुन्डाई इलाइट आई–२० सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
कम्फर्ट, स्पेश, क्लासिक फिचर तथा ठूला कारको जस्तै पफर्मेन्सकोे कारण यसलाई उत्कृष्ट हुने बताइएको छ । नयाँ अल्फा प्लाटफर्ममा निर्माण भएको अल्ट्रोजमा विभिन्न विशेषता दिइएको छ ।
यसको चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको छ भने आकर्षक हेडलाइट, रनिंग लाइटको फिचर दिइएको छ । अल्ट्रोजमा अल ब्ल्याक ड्याशबोर्ड, चारओटा एयरकन भेन्टलगाइएको छ । यसमा ३४१ लिटरको बुटस्पेश दिइएको छ भने १७ इन्च अलोय ह्वील लगाइएको छ ।
टाटा अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको भने यसको ह्वीलवेश २५०१ एमएम रहेको छ ।
अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ ।

