हुन्डाई ‘अउरा’ डिसेम्बर १९ मा अनविल हुने

काठमाडौं । ‘अउरा’को नेमप्लेटमा निर्माण भएको हुन्डाईको कम्प्याक्ट सेडान कार एक्सेन्टको नयाँ जेनेरेशन डिसेम्बर १९ मा अनविल  हुनेभएको छ । 

कम्पनीले कम्प्याक्ट सेडान कार ‘अउरा’ बजारमा ल्याउने  तयारी गरेको हो । विभिन्न समयमा परीक्षणको क्रममा देखिएको अउरा एक्सेन्टभन्दा निकै आकर्षक र आरामदायी हुने कम्पनीले जनाएको छ । 

कम्पनीले यसमा आफ्नो चर्चित सेडान एलेन्ट्राबाट धेरै फिचरहरु लिएको छ । जसको कारण पनि अउरा नाम घोषणासँगै यसलाई चासो राख्ने धेरै रहेका छन् । नयाँ अउरा ग्रान्ड आई १० नियोस र एलेन्ट्राको राम्रा फिचरले भरिभराउ हुने अनुमान गरिएको छ । 

एलइडी हेडलाईट, एलइडी टेल लाइट र ग्रिलसँगै दिइने डे टाइम रनिङ लाइटले अउरा निकै स्टाइलिस कम्प्याक्ट सेडान कार हुने छ । 

८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, एप्पल कार प्ले र एन्ड्रोइड अटो, हुन्डाई व्ल्यू लिङक कनेक्टीभीटी, पछाडि एड्जस्टेवल हेड रेष्ट, आर्म रेष्ट जस्ता सुविधा यसमा उपलब्ध हुने छ । 

कम्पनीले यसमा १.२ लिटर कपा इन्जिन र १.२ लिटर डिजेल इन्जिन अप्सनमा बजारमा उतार्ने अनुमान गरिएको छ ।  मूल्य, डिजाइन, पावरट्रेन लगायतका आधारमा अउराले मारुती डिजायर, होन्डा अमेज, फोर्ड एस्पायर, टाटा टिगोर लगायतका मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

यो मोडलकाे बिक्री भने सन् २०२० को जनवरीबाट सुरु हुने जनाइएकाे ५ । 


Back_to_top