एसयूभीको क्रेज निकै बढ्दै गएको छ । पछिल्ला दिनमा नेपाली बजारमा हुन्डाई क्रेटा, फोर्ड इकोस्पोर्ट, मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, महिन्द्र एक्सयूभी ५००, जीप कम्पास, रेनो डस्टर, टोयोटा रस, निशान टेरानो, एमजी जीएसजस्ता एसयूभीले राम्रै बजार हिस्सा लिन सफल भएका छन् ।
कमजोर सडकमा पनि सहजै गुडाउन सकिने कारण यी एसयूभीहरु ग्राहकको पहिलो रोजाईमा पर्ने गरेको छ । यस्तोमा भारतीय बजारमा रहेका अटो निर्माताले पहिलो प्राथमिकतामा राखेर एसयूभीको निर्माण गर्दै आइरहेका छन् ।
अबको केही महिनाभित्रमा नै गाडी उत्पादक कम्पनीहरुले बजारमा ल्याउन लागेको पाँच बहुप्रतिक्षित एसयूभीहरु यसप्रकार रहेका छन् ।
टाटा ह्यारीअर

टाटा ह्यारीयर भारतीय बजारमा धेरै नै प्रतिक्षा गरिएको एसयूभी हो । कम्पनीले करिब २२ लाख किलोमिटर परिक्षण गरेको जनाइसकेको यो एसयूभी २०१९को जनवरीमा बजारमा आउने आँकलन गरिएको छ ।
टाटाको लेटेस्ट ओमेगा प्लेटफर्ममा आधारित उक्त एसयूभी कम्पनीको पm्ल्यागशीप प्रोडक्ट हो । यसले बजारमा जीप कम्पाससँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । २.० लिटर फियाटको ‘केआरवाइओटीईसी’ भेरिएवल जिओमेट्री टर्बोचार्जर दिएको छ । ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक ट्रान्समिसन जडान गरिएको यो प्रिमिएम एसयूभीको रुपमा बजारमा आउने छ ।
महिन्द्रा एक्सयूभी ७००

महिन्द्राले आफ्नो एसयूभी ‘एक्सयूभी ७००’लाई पहिलोपटक अटो एक्स्पो २०१८ मा सार्वजनिक गरेको थियो । भारतीय बजारमा यो एसयूभी यसै वर्षको अन्तिममा सार्वजनिक हुनेछ । महिन्द्राको यो एक्सयूभी ७०० स्याङयोङ रेक्सन जी४को परिस्कृत भर्सन हो । एक्सयूभी ७००ले बजारमा राम्रो व्यापार गर्ने कम्पनीले विस्वास लिएको छ ।
मिडिया रिपोर्टका अनुसार, यो एसयूभी नयाँ विशेषताका साथ बजारमा आउनेछ । एक्सयूभी ७०० मा २.२ लिटर डिजेल इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले १८० वीएचपी र ४२० एनएमा टर्क उत्पादन गर्छ । प्रिमियम क्वालिटीमा बजारमा आउने यो एसयूभीमा मर्सिडिज बेन्जमा प्रयोग गरिएको ७ स्पिड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ ।
मारुती सुजुकी एस–क्रस पेट्रोल

एस–क्रसको प्रि–फेसलिफ्टले बजारमा राम्रो व्यापार गर्न नसकेपनि नयाँ एस–क्रस भने बजारमा निकै नै चर्चित छ । यस एसयूभीमा नयाँ भर्टिकल्ली स्लेटेड ग्रीलका साथै मस्कुलर बडी दिइएको छ । यसमा प्रयोग भएको मिल्ड हाइब्रिड एसएचभीएस सिस्टमले फ्यूल इफिसीएन्सी बढाउनमा निकै सहयोग गर्छ । मारुतीले अहिले बजारमा पेट्रोल भर्सनको एस–क्रस सार्वजनिक गर्न लागेको छ । यसमा अल न्यू १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ, जुन इन्जिन मारुती सियाजमा पनि प्रयोग गरिएको थियो ।
मिडिया रिपोर्टका अनुसार मारुती एस–क्रसमा अटोमेटिक ट्रान्समिसन सिस्टम दिइएको छ । यसै वर्षको अन्त्यमा यो एसयूभी सार्वजनिक हुनेछ ।
निशान किक्स

निशानले भारतीय बजारमा जनवरीमा अल न्यू किक्स सार्वजनिक गर्ने जनाएको छ । निसान किक्सले बजारमा हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्नेछ । यो एसयूभी वीओ प्लेटफर्ममा आधारित छ भने, यसलाई रेनो डस्टर, क्याप्चर र निशान टेरानोले पनि प्रयोग गर्दै आएको छ ।
किक्समा १.५ लिटर डिजेलल लगाइएको छ भने डस्टर, क्याप्टर र टटेरानोमा १.६ लिटर पेट्रोल इन्जिन दिइएको छ ।
महिन्द्रा एक्सयूभी ३००

महिन्द्राले आफ्नो नयाँ एसयूभी ‘एस२०१’को आधिकारिक नाम अझै तयार गरेको छैन । तर पनि कम्पनीले यस एसयूभीको नाम एक्सयूभी ३०० राख्ने अनुमान गरिएको छ । एस२०१को रेगुलर र लङ ह्वीलबेस गरि दुईवटा फरक भर्सनमा आउने छ । लङ ह्वीलबेस भर्सन ७ सिट क्षमतामा उपलब्ध हुनेछ ।
यसले फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन, मारुती भिटारा ब्रेजासँग प्रतिस्पर्धा गर्नेछ । यसमा १.२ लिटर पेट्रोल इन्जिन लगाइएको छ । यसमा लगाईको इन्जिनले १४० बीएचपी पावर उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले १२३ वीएचपी पावर उत्पादन गर्छ ।

