काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले तीन कार्य दिनमा नै अटो कर्जा दिने योजना सार्वजनिक गरेको छ । चार्डपर्वमा धेरै सवारीसाधन बिक्री हुने हुँदा बैंकले वार्षिक ११.५ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने योजना ल्याएको हो ।
बैंकले ग्राहकको सवारी साधन किन्ने चाहना पुरागर्न अटो लोनको नयाँ स्किम ल्याएको जनाएको छ ।
पछिल्ला दिनमा बैंकहरुले अटो लोनका बिभिन्न प्रडक्टहरु ल्याइरहेको समयमा साँग्रिला विकास बैंकलेसमेत निकै प्रतिस्पर्धीरुपमा यो योजना सार्वजनिक गरेको छ ।


