नेपालमा महिन्द्रा एड्भेन्चरको पहिलो अफिसीयल एक्सपीडिसन रारासम्म हुने

काठमाण्डौ । महेन्द्रा एडभेन्चरले इम्याजिन नेपालसँगको सहकार्यमा नेपालमा पहिलो एक्पीडिसन पश्चिम नेपालको प्रसिद्ध पर्यटकीय स्थल राराको भ्रमण गराउने भएको छ । 

यस कार्यक्रमले कर्णाली भ्रमण अभियानको रूपमा मनाउने नेपाल पर्यटन बोर्डको उद्घोषलाई थप ऊर्जा दिनेछ । यो अन्तर्गतको पहिलो कार्यक्रम नोभेम्बर २२ देखि २९ सम्म नेपालको सूदुर पश्चिमको अतिनै रमणीय रारा तालको यात्राबाट सुरु हुनेछ । 

यस यात्रामा नेपालको अफरोड ड्राइभको मजजालीदै सूदुरपश्चिमको रमणिय दृष्यहरुको आनन्द लिन सकिनेछ । 

यो नेपालमा आयोजना हुने सबैभन्दा ठुलो अफ–रोड साहसिक पर्यटन उत्सव हो । 

पश्चिमतर्फको साहसिक यात्रा लामो तथा रमाईलो अफरोड ड्राईभको आनन्द लिन पाहिनुका साथै त्यस भेगको साहसिक यात्रा गरी फर्किनु भनेको करिब १८०० किमी लामो यात्रा गर्नु हो । त्यसैले यस वर्ष आयोजकले नेपालले कठिन यात्राको निश्चित खण्डतय गर्नको लागि स्थलमार्ग बाहेकको विकल्प पनि प्रदान गर्नेछ । 

सहभागीहरूले साहसिक यात्राको अनुभुति गर्नुका साथै आरामदायी पर्यटनको अवधारणालाई पनि दृष्टिगत गरी राराको यात्राको लागि दुइ विकल्पहरू प्रस्ताव गर्ने योजना बनाएको छ । 

एउटा विकल्प होः अप्ठयारो बाटो छिचोल्दै साहसिक यात्रा पुरा गर्ने । यस अन्तर्गत सहभागीहरूले कठिन भूबनोटमा यात्रा गर्नुको मजा लिन सक्नेछन् । अर्को विकल्प होः लामो साहसिक यात्राको केही खण्ड हवाइ यात्रामार्फत् सम्पन्न गरी थकाइ मार्ने । कार्यक्रमले प्रबद्र्धनात्मक क्षमतामार्फत् नेपाल पर्यटन बोर्डले घोषणा गरेको कर्णाली भ्रमण अभियानलाई पनि हरसम्भव सहयोग पु¥याउने उद्देश्य लिएको छ । 

यस यात्रामा सहभागी हुनको लागि प्रतिव्यक्ति ५० हजार लाग्ने र गाडी आफैले व्यबस्था गर्नुपर्ने हुन्छ । यस यात्रामा जम्मा २५ वटा गाडीमा जम्मा १०० जना मात्र समावेस गर्न सकिने आयोजकले बताएका छन् । 

सुर्खेतबाट मान्मा, कालीकोट हुदै जाने यस यात्रामा सहभागीहरुलाई रारामै एक दिनभरिको विभिन्न क्रियाकलापमा समावेस गराइने छ । यो यात्रा राराबाट फर्किदा भने सिधै बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने छ र त्याँहा पनि १ रातको बिश्राम हुनेछ । 

महिन्द्रा एडभेन्चरको सन् २०११ को स्थापनासँगै संसारवाट केहि दिनलाई गाएब हुने कलामा महिन्द्राले निपूर्णता पाइसकेको छ ।  स्थापना सँगै प्रत्यक वर्षका सहभागीहरुलाई एकदिनको अफरोड एडभेन्चर होस वा ग्रेट स्केप अथवा धेरै दिनको एक्पीडिसन भारत भित्रको होस् वा बाहिरको लाइफ टाइम ट्रिपको अनुभुति दीन यो एडभेन्चर सफल रहेको छ । 

हालै मात्र महिन्द्रा एडभेन्चरले भारतबाट आएका २८ वटा महिन्द्राका एसयुभीमा ५७ जनालाई सगरमाथाको वेसक्याम्पसम्मको सहासिक यात्रा गराएको थियो । 


Back_to_top