यी ५ कारण चर्चित बन्दै ‘हुन्डाई भेन्यू’

दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले आफ्नो कम्प्याक्ट एसयूभी भेन्यू गएको १७ अप्रिलमा विश्व बजारमा सार्वजनिक गरेको हो । भारतीय बजारमा भेन्यू मे २१ मा सार्वजनिक गर्ने तयारी छ । भारतमा भेन्यूको बुकिङ मे २ देखि नै खुल्ला गरिएको थियो । 

हुन्डाई भेन्यू निक्कै चर्चित बन्न पुगेको छ । त्यसैले यसबारेमा जान्ने र कहिले सार्वजनिक हुन्छ भनेर पर्खनेहरु धेरै छन् । यहाँ हुन्डाई भेन्यूमा भएका विशेषताहरु बारे उल्लेख गरिएको छ । 

डिजाइन

डिजाइनका हिसाबले भेन्यू हुन्डाई क्रेटा जस्तै देखिन्छ । तर यसको डिजाइन हेर्ने बित्तिकै मानिसलाई आकर्षित गर्ने खालको छ । भेन्यूमा कोना तथा नयाँ सान्टाफेमा जस्तै एलइडी डीएलआर सहित स्प्लीट हेडल्याम्प, आकर्षक फ्रन्ट ग्रिल रहेको छ । एलइडी टेललाइट, डाइमन्ड–कट अलोय ह्वील भएको भेन्यूको लम्बाई ३९९५ एमएम, १७७० एमएम चौडाई र १५५० एमएम उचाई रहेको छ भने, ह्वीलबेस २५०० एमएम रहेको छ । 

इन्टेरियर

भेन्यूमा ८ इन्च टचस्क्रिनसहित उत्कृष्ट ड्यासबोर्ड रहेको छ । कारको क्याविन निक्कै आरामदायी बनाइएको छ । क्याबिनमा पनि पर्याप्त स्पेस रहेको छ भने बुट स्पेस पनि ठूलो रहेको छ । तर, पछाडि बस्ने मानिस अग्लो भएमा स्पेश कम पर्ने बताइएको छ । 

विशेषता 

हुन्डाई भेन्यू फुल लोडेड रहेको छ । टप स्पेकको रुपमा भेन्यूमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामरालगायत विशेषता रहेका छन् । त्यस्तै भेन्यूमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता रहेका छन् । 

इन्जिन तथा गेयर बक्स

हुन्डाई भेन्यू ३ इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन जसले ९० एचपी पावर र २२० एनएम टर्क दिन्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ । साथै १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जसले ८३ एचपी पावर र ११५ एनएम टर्क दिन्छ । यसमा ५ स्पीड मेनुअल गियरबक्स छ । १.० लिटर ३ सिलिन्टर टर्बो चार्ज्ड पेट्रोल इन्जिन अप्सनमा पनि भेन्यू उपलब्ध छ । यसले १२० एचपी पावर र १७२ एनएम टर्क दिन्छ । यो अप्सनमा ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । 

मूल्य र प्रतिस्पर्धी

हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यूले भारतीय बजारमा मारुती भिटारा ब्रेजा, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट तथा महिन्द्रा एक्यूभी–३०० सँग प्रतिस्पर्धा गर्नेछ । पेट्रोल भेरियन्ट भेन्यूको मूल्य ८ देखि ११ लाख भारु र डिजेल इन्जिनको मूल्य ९ देखि १२ लाख भारु पर्ने अनुमान गरिएको छ । 


Back_to_top