सुजुकीले आफ्नो नयाँ मोटरसाइकल जिक्सर २५० एसएफ सार्वजनिक गर्ने तयारी गरेको छ । यो बाइक २० मे २०१९ मा बजारमा आउनेछ । कम्पनीले जिक्सर एसएफ २५० को प्राविधिक डिटेल्स सार्वजनिक गरेको हो ।
सुरक्षालाई मध्यनजर गर्दै जिक्सरमा डूअल च्यानल स्टायडर्ड एबीएसको विशेषता समेटिएको छ । यसमा उपलब्ध २४९ सीसी सिगंल सिलिन्डर एसओएचसी इन्जिनले ९ हजार आरपीएममा २६.५ बीएचपी पावरका साथै ७५ सय आरपीएममा २२.६ एनएम टर्क उत्पादन गर्छ । साथै, यसको इन्जिनमा ६ स्पीड ट्रान्समिसन लगाइएको छ । मोटरसाइकलमा फ्युल इन्जेक्शन प्रणाली दिइएको कम्पनीले जनाएको छ ।
यसको लम्बाई २०१० एमएम, चौडाई ७४० एमएम र उचाई १०३५ एमएम रहेको छ । यसको सिटको उचाई ८ सय एमएम रहेको छ । कम्पनीले यसको फ्रन्टमा टेलिस्कोपिक फर्क दिएको छ भने रियरमा मनोसक लगाइएको छ । यसको फ्रन्ट र रियरमा डिस्क ब्रेक दिएको कम्पनीले जनाएको छ ।
कुल तौल १६१ किलोग्राम रहेको यस मोटरसाइकलमा १२ लिटर इन्धन अट्ने फ्युल ट्यांकी लगाइएको छ । यसले बजाज पल्सर एनएस २०० र यामाहा फेजरसँग सिधा प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ ।
जिक्सर एसएफको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन ।

