काठमाडौं । फोर्डले आफ्नो पहिलो सब फोर मिटर एसयूभी इकोस्पोर्टको नयाँ भेरियन्ट भारतमा सार्वजनिक गरेको छ । कम्पनीले थुप्रै कस्मेटिक परिमार्जन सहित ‘एसई’ भेरियन्ट बजारमा ल्याएको हो ।
नयाँ इकोस्पोर्टमा सबैभन्दा ठूलो परिमार्जन पछाडिको ढोकामा दिइएको स्पेयर टायर हटाएको छ । अब फोर्ड एसई भेरियन्टमा स्पेयर टायरको स्थानमा पंन्चर किट उपलब्ध हुने छ ।
नयाँ इकोस्पोर्ट एसई भेरियन्ट कम्पनीको अमेरिकी बजारमा विक्री हुने मोडलबाट प्रेरित रहेको छ । साथै, ड्यूल टोन रियर बम्पर पनि यसमा नयाँ प्रयोग भएको छ । यसमा पहिलेको जस्तै १६ इन्चको अलोय ह्वील दिइएको छ ।
नयाँ एसई भेरियन्ट पनि पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहने छ । यसमा रहेको १.५ लिटर इन्जिनले १२२ पीएस पावर र १४९ एनएम पिक टर्क प्रदान गर्छ । साथै, डिजेल इन्जिनले १०० पीएस पावर र २१५ एनएम टर्क प्रदान गर्छ ।
इको स्पोर्टको एसई भेरियन्टमा ड्यूल एयरव्याग, इबीडी, एबीएस, रियर क्यामेरा, रियर वाइपर र डिफगर जस्ता सुरक्षा फिचर दिइएको छ । साथै, प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएल, किलेस इन्ट्री, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, सनरुफ जस्ता फिचर उपलब्ध छ ।


