अझै पावरफुल इन्जिनमा अपाचे आरटीआर १६० फोर भीको नयाँ भर्सन सार्वजनिक

काठमाडौं । टीभीएसको लोकप्रिय मोटरसाइकल आरटीआर १६० फोर भीको २०२१ भर्सन सार्वजनिक भएको छ । नयाँ टीभीएस आरटीआर १६० फोर भीमा भारतीय बजारमा सार्वजनिक भएको हो ।

अपाचे आरटीआर १६० फोर भी नेपाली बजारमा समेत चर्चित मोटरसाइकल रहेको छ ।

आरटीआर १६० फोर भी यो सेग्मेन्टमा नै पावरफुल मोटरासइकल रहेको छ । यही सेग्मेन्टमा यामाहा एमटी र आर १५ भी ३ सर्वाधिक पावर भएको मोटरसाइकल रहेको छ । हाल सार्वजनिक भएको आरटीआर १६० फोर भी २०२१ भर्सन अझै पावरफुल भएको छ ।

यो मोटरसाइकलको मूल्य भने यथावत राखिएको कम्पनीले जनाएको छ । यो मोटरसाइकलको डबल डिस्क ब्रेक भर्सनको मूल्य १ लाख १० हजार र ड्रम ब्रेक भर्सनको १ लाख ७ हजार भारतीय रुपैयाँ रहेको छ ।

अपडेटेड आरटीआर १६० फोर भी तीन कलरमा सार्वजनिक भएको हो । नयाँ भर्सन रेसिङ रेड, नाइट ब्ल्याक र मेटालिक ब्लु कलरमा सार्वजनिक भएको छ ।

आटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन रहेको छ । आरटीआर २०२१ भर्सन इन्जिनले ९२५० आरपीएममा १७.६३ पीएस पावर र ७२५० आरपीएममा १४।७३ एनएम टर्क जेनेरेट गर्छ । यस अघि आरटीआर १६० फोर भीले १५.६ एनएम टर्क र १४.१२ एनएम टर्क जेनेरे गर्थ्यो

यसको बजारमा सीधा प्रतिस्पर्धा बजाज पल्सर एनएस १६०, जिक्सर १५० र हिरो एक्स्ट्रम १६० आरसँग भइरहेको छ ।


Back_to_top