फोर्डले क्रस ओभर कार र एसयूभी गाडीलाई विश्व बजारमा आक्रमकरुपमा बिस्तार गर्ने योजना अगाडि सारेको छ । कम्पनीले विकासशिल देशलाई केन्द्रमा राखेर सेडान कारको स्थानमा साना एसयूभी निर्माण गर्ने योजना अगाडि ल्याएको हो ।
अमेरिकन अटो जाइन्ट कम्पनी फोर्ड २०२१ को सुरुवातमै ब्रान्ड न्यू एसयूभी ल्याउने भएको हो । जसले युरोपीयन बजारबाट मोन्डो, एस–म्याक्स र ग्यालेक्सीलाई रिप्लेस गर्नेछ । नयाँ एसयूभीलाई कम्पनीले भिन्न तीन मोडलमा सार्वजनिक गर्ने जनाएको छ ।
कम्पनीको मोडुलर सी–२ आर्किटेक्चरमा निर्माण गरिने उक्त एसयूभीमा ४८ भोल्ट माइल्ड हाइब्रिड पावरट्रेन जडान गरिने कम्पनीले जनाएको छ । उक्त नयाँ एसयूभीमा १.५ लिटर पेट्रोल र डिजेल टर्बो चार्ज्ड इन्जिन दिइने छ ।
भारतीय बजारमा फोर्डले उत्पादन गर्दै आएको इको स्पोर्ट निकै सफल कम्प्याक्ट एसयूभी हो भने नयाँ आउने एसयूभी इको स्पोर्टभन्दा माथिको मोडल हुनेछ ।
उक्त नयाँ एसयूभीले टाटा ह्यारीयर, जीप कम्पास, एमजी हेक्टर जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।


