फर्मुला १५० स्पोर्टस् स्कुटर नेपालमा, यस्तो छ मूल्य र अफर

काठमाडौं । क्रसफायर मोटरसाइकल तथा इटालीका मोटोको नेपालको लागि आधिकारिक विक्रेता क्लासीक ह्वील एक्सर्पोट एण्ड इम्र्पोटले नेपाली बजारमा १५० सीसीको स्कुटर विक्री गर्दै आएको छ । कम्पनीले इटालीका मोटोको फर्मुला स्पोर्टस स्कुटर विक्री गर्दै आएको हो ।

कम्पनीले विक्रीमा ल्याएको एकमात्र स्कुटर फर्मुला १५० पावरफुल इन्जिनका साथ स्पोर्टी डिजाइनमा रहेको छ । यसको फ्रन्टमा एग्रेसीभ भी–सेप प्रोजेक्टर एलइडी हेडल्याम्प दिइएको । यसको यरो डाइनामिक डिजाइन, तल्लो भागमा लगाएको टर्न इन्डिकेटर, फेन्सी रियर भ्यू मिरर जस्ता फिचरले यसलाई थप स्पोर्टी बनाएको छ ।

यसको कम्र्फटेवल ह्यान्डलवार, वाइडर अलोय ह्वील र टेलीस्कोपीक सस्पेन्सनले यसको राइडिङ अनुभवलाई नै उच्चतम बनाउँछ । यसको सिट हाइट भने अन्य कम्युटर स्कुटको तुलनामा केही अग्लो रहेको छ । यसको बडीमा भने धेरै कट ‘एज’हरु देख्न सकिन्छ ।

यसको इन्जिनको कुरा गर्दा यसमा यसमा १४९.५ सीसी इन्जिन रहेको छ । यो इन्जिनले ११.५ बीएच पावर मात्र ७००० आरपीएममा जेनेरे गर्छ भने यसले ११ एनएम टर्क मात्र ५५०० आरपीएममा जेनेरेट गर्छ । यसमा रहेको दुवै ह्वीलमा हाइड्रोलिक डिस्क ब्रेक इिएको छ ।

यो स्कुटरमा फुल डिजिटल इन्स्टुमेन्ट क्लस्टर दिइएको छ । यसमा ओडोमिटर, स्पीडोमिटर, ट्रीपमिटर, फ्युल लेभल, क्लक जस्ता फिचर यो कन्सोलमा पाउन सकिन्छ । यो स्कुटरमा प्रयोग गरिएको सबै लाइट एलइडी रहेको छ । यसमा ६ लिटरको फ्यूल ट्याङक दिइएको छ ।

यसको मूल्य ३ लाख २० हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले हालै मात्र यसमा वीन्टर अफर ल्याएको छ । यस अफर अन्र्तगत स्कुटर खरिद गर्दा ग्राहकले १० हजार नगद छुट पाउने छन् । नगद छुटका साथै ग्राहकले निःशुल्क हेलमेट, चेष्टगार्ड तथा पन्जा प्राप्त गर्नेछन् ।


Back_to_top