डोटी र डडेल्धुरामा महिन्द्राको नयाँ शोरुम संचालनमा, थ्रीएस सुविधा पाइने

काठमाडौं । अग्नीग्रुपले हालै सुदुरपश्चिम प्रदेशको डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँ बिक्री, सेवा र पार्टपुर्जा सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम संचालनमा आएको हो ।

महिन्द्राले विक्री गर्ने सबै सवारी साधनसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम डडेल्धुराको किर्तिपुरमा अग्नीग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

शोरुम उद्घाटन गर्दै अग्नीग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा आफुहरु केन्द्रीत रहेको र सबै महिन्द्रा विक्री केन्द्रहरूमा समान गुणस्तरको सेवा उपलब्ध हुन्छ । त्यसबाट उपभोक्ताले उत्कृष्ट सेवा पाउने छन् ।’

उद्घाटन कार्यक्रममा अग्नी ग्रुपका डडेल्धुरा, किर्तिपुरका लागि बिक्रेता साइपाल अटोमोबिल्स् प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र साउदले ग्राहकलाई उत्कृष्ट विक्री र सर्भिस सेवा उपलब्ध गराउने बताए । उनले शोरुममा स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार जस्ता मोडलको विक्री र उत्कृष्ट सर्भिस तथा र सक्कली स्पेयर पार्टस् पाउने जानकारी दिए ।

डडेल्धुरा र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउन यो शोरुमा संचालनमा ल्याइएको हो ।

उक्त दिननै अग्नीग्रुपले डोटी स्थित दिपायलमा रहेको दक्षिणकाली मोटोकोर्प प्रालिमाको पनि शुभारम्ब गरेको छ । उक्त थ्रि एस शोरुमको उद्घाटन पनि अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले गरेका हुन् ।

कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक/कृषिकर्मीहरूले लाभप्राप्त गर्ने विश्वास लिइएको छ ।

कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको शोरुम अग्नी इन्कर्पोरेटेड प्रालि अन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो ।


Back_to_top